एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले १५ औ स्थापना दिवससँगै अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
पनौतीको ज्ञानविकास पुस्तकालयमा शनिवार आयोजित कार्यक्रम संस्थाका सल्लाहकार राजकुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो । गोष्ठिमा साकोसका सचालक समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु सल्लाहकार, क्लब र शुभचिन्तकहरुको सहभागीतामा रहेको थियो । संस्थाका कोषाध्यक्ष वसुन्धरा आचार्यले संस्थाको गत ६ महिनाको आर्थिक विवरण र लक्ष्य प्राप्तीका लागि देखिएको चुनौतीहरुको बारे विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार संस्थाको कुलपुँजी १८ करोड ८८ लाख ८२ हजार ९ सय रहेको छ । संस्थाको पल्स प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान समयमा देखिएको तरलता समस्याले यस सस्थालाई पनि नकरात्मक असर पारेको कुरा प्रष्ट पार्नु भयो ।
त्यसै गरी संस्थाका सचिव भरत रावलले संस्थाका हाल सम्मको प्रगती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख सल्लाहकार राजकुमार तिमल्सिनाले पछिल्लो समय वित्तीय संस्थाहरुको परिस्थिति फरक बनेको र समयसामयीक परिस्थिति बुझेर क्रियाकलापहरु संचालन गर्न सक्ने साकोसहरु संकटमा पर्ने उल्लेख गर्नुभयो ।
अर्का सल्लाहाकार दिपक शर्माले साकोसले बित्तीय बजारको अध्ययन गरेर आवश्यक निर्णय तथा नीति निर्माण गर्न जरुरी हुने बताउनुभयो । कार्यक्रमका सभापति समेत रहेका संस्थाका अध्यक्ष काजीबहादुर खत्रीले बित्तीय संस्थाहरुमा तरलता लगायतको समस्या उत्पन्न भएको बताउँदै संस्थाले आवश्यक व्यवस्थापन गर्ने बताउनु भयो । उपाध्यक्ष चण्डेश्वरी मुनाकर्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सल्लाहाकार ज्ञानेन्द्र थापा, क्लब अध्यक्ष मदनकुमार सैजुकोे आतिथ्यतामा रहेको थियो । कार्यक्रममा व्यवस्थापक सविन सुन्दर सैजूल कार्यक्रमको सहजकिरण गर्नु भएको थियो ।
