IMG-LOGO

दलित समुदाय केन्द्रित अनुशिक्षण कार्यक्रम

 मंगल, फागुन १७, २०७८  ---

      प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग हुँदै बागमती प्रदेश प्रहरी कार्यालय समेतबाट कार्यालय अन्तर्गत गठित दलित सेल (डेस्क) मा कार्यरत प्रहरी कर्मचारीहरुलाई दलित समुदायसंग सम्बन्धित नेपालका विद्यमान कानूनी व्यबस्थाहरु, दलित सेलको काम कर्तव्यहरु, दलित समुदायमाथि हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरुपहरु, दलित समुदायका नागरिकहरुलाई प्रहरी सेवा प्रवाह तथा काम कारवाहीमा प्रहरी कर्मचारीहरुले ध्यान दिनु पर्ने कुराहरुमा आधारित एक दिने विशेष अनुशिक्षण कार्यक्रम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख श्रीमान् प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा यस कार्यालयको सभाहलमा बुधबार सम्पन्न भयो ।

      उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले गर्नु भएको थियो । भने जिल्ला प्रशासन कर्यालय काभ्रपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, कालिजंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापा, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अनुसन्धान अधिकृत नगेन्द्र दाहाल, १५ नं. गण हे.क्वा. पाँचखाल काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षकबासु महत, जिल्ला सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता सुदिप शाक्य, सहायक जिल्ला न्यायधिवक्ता कपिल रोक्का लगायत कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु समेत गरी अं. ६५ जनाको सहभागीता रहेको थियो ।

      कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता सुदिप शाक्यले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने, दलित समुदायका नागरिकहरुलाई प्रहरी सेवा प्रवाह एवं सो सम्बन्धी काम कारवाही गर्दा प्रहरी कर्मचारीहरुले ध्यान दिनु पर्ने कुराहरुमा आधारित सार्गभित प्रस्तुतीकरण यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले गर्नु भएको थियो । प्रहरी नायव उपरीक्षक हरि खतिवडाले यस्तो अनुशिक्षण कार्यक्रमले सबै प्रहरी जवानको हित हुने बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्