IMG-LOGO

जिल्ला बचत संघले पनौतीमा सेवा केन्द्र स्थापना गर्ने

 मंगल, फागुन १७, २०७८  ---

 

      बनेपा, सदस्य सहकारी संस्थाहरुको सक्षमता विकास सुशासन र पारदर्शी गर्ने उद्देश्यका साथ स्थापीत भएको जिल्ला बचत संघ काभ्रेले निकट भविष्य मै ऐतिहासिक नगरी पनौतीमा बचत संघको सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । शनिबार बसेको सञ्चालनक समितिको बैठकले उक्त निर्णय गरेको हो । संघका उपाध्यक्ष सागरनाथ बादेको संयोजकत्वमा, कोषाध्यक्ष जीवन श्रेष्ठ र सहसचिव विकाश बादे सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार जिल्ला बचत संघ काभ्रेले संघको वित्तीय अवस्था र आ.व. ०७८÷०७९ को ७ महिना भित्रको आर्थिक प्रगतिको बारेमा समिक्षा गरेको छ । जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीको अध्यक्षतामा बसेको समिक्षा बैठकमा, उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।

      संघका प्रमुख सल्लाहकार रामहरी केसी, पूर्व सल्लाहकार सम्भुलाल श्रेष्ठ, वर्तमान सल्लाहकार इन्द्रप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो । प्रवन्धक गुरुप्रसा ढकालले आर्थिक वर्ष वितेको ७ महिनामा भएको वित्तीय प्रगतिको बारेमा प्रष्ट पार्नु भएको थियो । ८ करोड २५ लाख ५७ हजार शेयर पूँजी संकलन, ९३ करोड ४ लाख ९२ हजार २ सय ७८ बचत निक्षेप संकलन गरी ८५ करोड २४ लाख २२ हजार ७ सय १२ ऋण लगानी गरेर १ करोड ६० लाख ७९ हजार ३ सय ९५ नाफा कमाउन सफल भएको छ । ७ करोड ७२ लाख ६१ हजार २ सय ४० हाल सम्म जगेडा  कोष रहेको छ । समापन बैठकमा बोल्दै प्रारम्भीक सहकारी संस्थाहरुको दिगो विकास, स्थायित्व, कार्मचारीहरुको क्षमता विकास गर्ने मुल लक्ष्य रहेकाले त्यस प्रति प्रतिवद्ध भई कार्य गर्ने, नीति विधि, पद्धती र प्रविधिको विकासलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण जिल्ला बचत संघको उप प्रवन्धक रविकुमार केसीले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्