IMG-LOGO

व्याजदर पुनरावलोकन गर्न माग

 मंगल, फागुन १७, २०७८  ---

      बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि, जिल्ला सहकारी संघ काभ्रे र जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको संयुक्त आयोजनामा बिहिबार व्याजदर सन्दर्भमा पुनरावलोकन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापन पत्र बुझाएको छ । वित्तीय संघ संस्थामा तरलता अभावका कारण प्रत्यक्ष असर गरेको माग पत्रमा उल्लेख गरेको छ ।

      काभ्रे जिल्लामा १ हजार ५ सयको हाराहारीमा रहेको सहकारी संस्थाहरुमा तरलता अभावले थप चुनौती थपीएको वित्तीय क्षेत्रमा प्रतिस्पर्धाको अत्याधिक चाप परिरहेको अवस्थामा तीन खम्बे अर्थ नीतिमा समेटिएको सहकारी क्षेत्रले पूँजी पलायनको मारबाट ग्रसित हुने परिस्थिति निर्माण भइरहेको जनाएको छ ।

      राष्ट्रिय सहकारी संघ लि.ले माग गरेको व्याजदर सन्दर्भलाई आधार मानी छिटो माग सम्बोधन गर्नु पर्ने, सहकारी ऐन तथा नियमावलीमा विद्यमान रहेको व्याजदरको व्यवस्था असान्दर्भिक देखिएकाले तत्काल खारेजी गरिनु पर्ने, सहकारी ऐन तथा नियमावलीमा बाँझिने गरी जारी गरिएको सहकारी अभियान भावना विपरितका ८८ बुँदे निर्देशनलाई संसोधन गरी कार्यान्वयनका लागि राष्ट्रिय सहकारी महासंघलाई दिनुपर्ने लगायतका ६ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत सहकारी विभाग नयाँ बानेश्वर काठमाण्डौमा ज्ञापन पत्र बुझाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्