धुलिखेल नगरपालिका वडा नं ४ प्रभात पोल्ट्री फर्ममा काम गर्दै आएकी २८ बर्षीय युवतीलाई सोही फर्ममा कार्यरत तीन युवाल बलत्कार गरेको खुल्न आएको छ । पिडित महिलाले आफूलाई सामूहिक रुपमा पटक पटक करकाप गरी बलत्कार गरेको प्रहरीमा किटानी जाहेरी दिए पछि बलत्कार गरेो आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले बलत्कारी आरोपी तीन युवालाई प्रक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार प्रभात पोल्ट्री फर्ममा काम गर्ने महाभात गाउँपालिका वडा नं १ घर भइ धुलिखेल बस्ने २२ बर्षीय विशाल आले, मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं १२ घर भई धुलिखेल बस्ने २८ बर्षीय अमृत खड्का र भारतको पश्चिम बंगाल बिर भिम घर भइ धुलिखेल बस्दै आएको २३ बर्षीय रधुनाथ मण्डललाई प्रकाउ गरेको जानकारी दिनु भयो । विभिन्न किसिमले डर त्रास धाक धम्की देखाइ छोरोलाई समेत मार्ने धम्की दिएर पटक पटक युवतीलाई बलत्कार गरेको युवतीको उजुरीको आधारमा असोज ३ गते प्रहरीले प्रक्राउ गरेको हो । छुट्टा छुट्टै करणी करणी कसुर दफा २१९ जावर जस्ती करणी करणी गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरेर जिल्ला अदालत काभ्रेमा म्याद थप अनुमती लिइ थप अनुसन्धान कार्य गरी रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेले जनाएको छ ।
