IMG-LOGO

सकियो १२ वर्षे मकर मेला

 मंगल, फागुन ३, २०७८  ---


    काभ्रे जिल्लाको पनौतीमा १२ वर्षको १ पल्ट लाग्ने मकर मेला २०७८ माघ २९ गते समापन भएको छ । पनौती ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको प्राचिन शहर हो । धार्मिक, सांस्कृतिक विविधता विशेषताले भरिपूर्ण वैभवशाली पनौतीको इतिहासको ठूलो भाग सम्पन्न सांस्कृतिक परम्पराको समेत उत्तीकै महत्व छ । माघ महिना भरी सञ्चालन हुने मकर मेला कोभिड–१९ तेश्रो भेरियन्टले नराम्ररी असर ग¥यो । डेढ महिना अघि कोभिड प्रकोप ह्वात्तै बढेकोले सरकारले मेला महोत्सव सञ्चालनमा रोक लगाएको थियो । फागुन १ गते देखि मात्र सबै क्षेत्र खुल्ला गरेको थियो । यस पटकको मकरमेला त्यति रौनाक भएन । २०७८ माघ १ देखि १५ गते सम्म मेला भर्न आउनेको खासै भिड थिएन । माघ १६ गते देखि मात्र देशको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका भक्तजनहरुको आगमन भएको थियो । महामारीको चपेटा नभएको बेला भारत देशबाट समेत भक्तजनहरु आउने गरेको स्थानीयको भनाइ छ  । 
    पनौतीको मकर मेला पवित्र त्रिवेणी घाटको नदीमा नुहाउँदा पाप सबै नास हुने किवदन्ती छ । मकर मेलाको अन्तिम दिन पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले मेला भर्न आउनु भएका सबैलाई हार्दिक आभार व्यक्त गर्दै राजनीतिक पार्टी, विभिन्न संघ संस्था, सुरक्षाकर्मी, स्काउट अल्का अस्पताल लगायत सम्पूर्ण सञ्चारकर्मीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । माघ २९ गते साँझ ७ बजे आरती सहित अनौपचारिक रुपमा नै मकरमेला समापन भएको थियो । कोरोनाको कारण मकर मेलामा घरानीया व्यापार व्यवसायको कुनै कारोबार भएन् । साना तथा घरेलु उद्योग उत्पादन सामग्रीहरुको खरिद विक्रीको सामान्य कारोबार भएको कुरा मकरमेला मुल व्यवस्थापन समितिका सचिवालय संयोजक इन्द्र प्रसाद अधिकारीले बताउनुभयो । कोभिडको कारण कर, राजश्व कुनै पनि दस्तुर नलिइएको सचिवाल संयोजक अधिकारीले बताउनुभयो । ५० लाखको कारोबार भएको अनुमान गरिएको छ । सवाकरोड कारोवारको लक्ष्य माथि कोरोनाको कारण तुषारापात भएको जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्