बनेपा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.ले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्य समिति तथा लेखा सुपरीवेक्षण समितिको टिमलाई शुक्रबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना र्काक्रम सम्पन्न गरेको छ । प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा समपन्न कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक केशव प्रसाद दङ्गालले स्वागत मन्तव्य दिनुभयो । जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीले बचत संघमा आवद्ध रहेको ३ सय ५३ प्रारम्भीक संस्थाहरुको दिगो विकास, सुशासन, पारदर्शीता र कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि कार्य गर्नुपर्ने धारणा राख्नुभयो । काभ्रे जिल्लामा ७ सय ३५ बचत तथा ऋण कारोबार गर्ने रहेको राष्ट्रिय सहकारी बैँक सहित सहकारी संस्थाहरुसँग सम्बन्धीत६ वटा वित्तीय कारोवार गर्ने संघ जिल्लामा सञ्चालित रहेको उल्लेख गर्नुभयो ।
जिल्ला बचत संघका अध्यक्ष नकर्मीले जिल्ला संघले २०६८ देखि आर्थिक कारोबार गर्दै आएको उल्लेख गर्दै बागमती प्रदेश संघले जिल्ला बचत संघ र प्रदेश बचत संंघको व्यवसायिक विकास सहितको हित हुने साझेदारी कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । प्रोस्कूनका महासचिव जिवसराज खड्काले जिल्ला बचत संघले प्रोस्कूनमा आर्थिक कारोबार गरी अघि बढ्नु पर्ने, सञ्चालक समिति उपसमितिमा रहेकाहरुको प्रारम्भीक सहकारी संस्थाहरु आवद्ध गराउनु पर्ने धारणा राख्नु भयो । बागमती प्रदेशमा १३ वटा जिल्लामा १ सय १९ पालिकामा ८ हजार ५ सय भन्दा बेसी सहकारी सञ्चालनमा आएका छन् । प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बागमती प्रदेश बचत संघ र जिल्ला बचत संघको स्थायित्व र विकास हुन दुबैको साझा प्रतिबद्धता सहित साझेदारी कार्यक्रम अघि बढाउनु पर्ने उल्लेख गर्नुभयो । प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले छोटो समयमा नै १ अर्बको व्यालेन्सीट, ७५ लाख नाफा कमाउन सकेको उल्लेख गर्दै ५० प्रतिशत तरलता कायम राखि वित्तीय कारोवारको विश्वसनीयता बढाएको उल्लेख गर्नुभयो ।
