IMG-LOGO

विद्यार्थीलाई छात्रवृति र विद्यालय पोशाक

 मंगल, फागुन ३, २०७८  ---

      धुलिखेल नगरपालिका वडा नं. १ देवीटार स्थित गोल्मादेवी आधारभूत विद्यालयले छात्रवृति तथा विद्यालय पोशाक वितरण गरेको छ । विद्यालयमा अध्ययनरत छात्र र छात्रा गरी १ सय २५ जनालाई विद्यालय पोशाक ट्रयाकसुट सेट, जुत्ता, मोजा वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुको प्रमुख अतिथ्यता रहेको थियो ।

      नगर उपप्रमुख विमला शर्मा, नेकपा एमाले धुलिखेल नगर  समिति अध्यक्ष दयाराम महत, धुलिखेल नगरपालिका वडा नं १ का वडा अध्यक्ष रमेश घोरासाइने, विद्यालयका प्रधानाध्यापक गोविन्द घारासाइनेको आतिथ्यता रहेको थियो । वर्तमान अध्यक्ष उद्धव तिमल्सिनाले ५० हजार आर्थिक सहयोग उपलब्ध गरी शैक्षिक विकासमा सहयोग पु¥याएको स्थानीय विनोद घोरासाइले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्