IMG-LOGO

सभामुखलाई कालो झण्डा

 मंगल, फागुन ३, २०७८  ---

 

      धुलिखेल, सभामुख अग्नी सापकोटालाई कालो झण्डा देखाउँदै नेकपा एमालेका भातृ संगठनका नेताहरु घाइते भएका छन् । एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त, एमसीसी खारेजी लगायतका विषयहरुलाई मागको रुप लिएर अनेरास्ववियु काभ्रेले सभामुख अग्नी सापकोटालाई कालो झण्डा देखाएका हुन् । विहिबार काभ्रेको धुलिखेलमा आयोजीत एक कार्यक्रमबाट काठमाण्डौ फर्कदै गरेको अवस्थामा अरनिको राजमार्ग धुलिखेलमा विद्यार्थीहरुले प्रदर्शन सहित कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा धुलिखेल नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विष्णु काभ्रेली, अनेरास्ववियु काभ्रेका इन्चार्ज शालिकराम पराजुली, सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाइते भएका थिए । घाइतेहरुको धुलिखेल अस्प्तालमा सामान्य उपचार पछि घर फर्केको जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्