IMG-LOGO

विवाह होसत सुमेश र नविनाको जस्तो

 मंगल, फागुन ३, २०७८  ---

 

      बविवाहको नाममा हुने फजुल खर्च रोकेर पनौतीका सुमेश थापाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई स्वरोजगार हुने उद्देश्यले ७ लाख बराबरको सामग्री सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाबाट प्रभावित हुनु भएका सुमेशले १२ वटा ठेलागाडा, २ वटा रिक्सा तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई सोमबार पनौतीमा एक कार्यक्रमका बीच महामन्त्रीबाटै हस्तान्तरण गराउनुभयो । महामन्त्री थापाले पनि परम्परागत तर सामान्य विवाह कार्यक्रम गरी फजुल खर्च सामाजिक काममा लगाउनु भएको थियो । राजनीतिक हिसावले सहयोग नगरेको तर समाजले आफू प्रति फरक दृष्टिकोण राखेकोमा सुमेशले दुखेसो पोख्नुभयो ।

      दाईजो प्रथाको अन्त्य गर्न सन्देश दिने उद्देश्यले कुनै पनि भोज, फजुल खर्च नगरी आर्थिक अवस्था नाजुक रहेका व्यक्तिहरुलाई स्वरोजगार हुने हिसावले सहयोग गर्न पाउँदा आफूहरु अत्यन्तै खुसी रहेको नवविवाहित दम्पत्ति सुमेश थापा र नविना खड्काले बताउनुभयो । उक्त अबसरमा पनौती–४ का २९ वर्षिय अमृत वहादुर महतको नक्कली खुट्टा राख्नको लागि आवश्यक पर्ने २५ लाख रुपैँया जुटाउनका लागि आजैबाट सुमेशले अभियान सुरु भएको जानकारी दिनुभयो ।  सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा आफ्नो खुट्टा गुमाउनु भएका महतको सहयोगका लागि  आजबाट सुरु भएको अभियानमा ७० हजार रुपैँया संकलन भएको छ । अभियानमा साथ दिँदै बैँक अफ काठमाण्डौ पनौती शाखाको खाता नं. १५३४००००१००२५२४ मा आर्थिक सहयोग गरिदिनुहुन समेत उहाँले आग्रह गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्