नेपाली काँग्रेस काभ्रेले स्थानीय तहका १३ वटै पालिकाका वडा सभापतिहरुलाई एक दिवसिय प्रशिक्षण कार्यक्रम शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न गरेको छ । कांग्रेसका केन्द्रीय सह–महामन्त्री मिन विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षणमा केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा, वागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, जिल्ला उपसभापति रमेश हुमागाई, ठाकुर न्यौपाने, सचिव गुणराज मोक्तान, माधव ढकाल, प्रतिनिधि सभा क्षेत्र नं. १ सभापति दिनेश लामा, क्षेत्र नं. २ सभापति महेश खरेल लगायतले मन्तव्य सहित प्रशिक्षण दिनुभयो । जिल्ला सभापति तिर्थ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सभापतिहरुलाई सांगठनिक संरचना, संगठन सुदृढिकरण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । यसै बीच नेपाली कांग्रेस काभ्रेले आइतबार (फाल्गुण १) देखि ७ गतेसम्म वडा स्तरमा संगठन विस्तार अभियान सञ्चालन गरेको जनाएको छ । नेपाली काँग्रेसको १४ औं तथा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले फागुन १ देखि ७ गतेसम्म वडा स्तरमा संगठन विस्तार र सदस्यता वितरण तथा १ सय ३५ वटै वडामा भातृ संस्था तथा काँग्रेसको टोल समिति गठन गर्ने निर्णय गरेको जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिनुभयो ।
