IMG-LOGO

नमोबुद्धको एघारौं नगरसभा समपन्न

 मंगल, फागुन ३, २०७८  ---

 

      भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभा बुधबार सम्पन्न भएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा बुधबार बसेको एघारौं नगरसभाको  दोस्रो बैठकले संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पारित गरेको छ । नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ पेश गरेका थिए । नगरसभाको बैठकले सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो ।

      यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पनि नगरसभाको बैठकले पारित गरेको छ । संघ संस्था सम्वन्धी विधेयक र विनियोजन विधेयक संशोधन प्रस्ताव गत पुस २९ गते बसेको एघारौं नगरसभाको पहिलो बैठकमा पेश गरिएको थियो ।

      नमोबुद्ध नगरपालिकाले एघारौं नगरसभा सम्पन्न गरिसक्दा ७० वटा ऐन नियम बनाइसकेको छ । पाँच बर्षे कार्यकालको अन्तिम चरणमा एघारौं नगरसभासम्म आइपुग्दा जनप्रतिनिधिहरुबीच सहमति र सहकार्यमै नगर विकासको कार्य गर्नुका साथै आवश्यक ऐन नियम, निर्देशिका र कार्यविधिहरु तयार पारेर कार्यान्वयन गरिएको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताए ।

      नगरसभाको बैठकमा नगरसभाका सदस्य सचिव एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण पेश गरेका थिए । जसअनुसार नमोबुद्ध नगरपालिकामा चालु आर्थिक बर्षका लागि ७२ करोड ६६ लाख ९२ हजार ६ सय ६१ रुपैयाँ विनियोजन भएकोमा २५.४५ प्रतिशत अर्थात १८ करोड ५० लाख ८ हजार ५ सय १ रुपैयाँ खर्च भएको छ । नगरपालिकाबाट यो बर्षका लागि १ सय ४३ वटा योजना छुट्याइएकोमा अधिकांश योजनाको काम सुरु भइसकेको पौडेलले जानकारी दिए । काम सम्पन्न भएपछिमात्रै ती योजनाको रकम भुक्तानी हुने भएकाले वित्तीय प्रगति कम देखिएको उनको भनाई छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्