IMG-LOGO

जिप्रका काभ्रे गुणस्तरीय सेवा प्रवाह गर्न योजनाबद्ध अघि बढ्दै

 मंगल, फागुन ३, २०७८  ---

 

      जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकहरुलाई दिने सबै खालका सेवाहरु गुणस्तरीय सरल र सहजरुपमा प्रदान गर्न गृहमन्त्रालयद्वारा स्वीकृत गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयन गर्न योजना बद्ध अघि बढेको जानकारी शुक्रबार आयोजीत सञ्चारकर्मी बीचको छलफलमा बताइएको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले ६ महिना भित्र प्रशासन कार्यालयले नागरिकहरुलाई प्रदान गरेको सेवा प्रवाहको बारेमा जानकारी गराउनु भएको थियो । गृहमन्त्रालयको गृहप्रशासन सुधार कार्ययोजना कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन बीचको कार्यसम्पादन सम्झौता अनुरुप २९ बँुदे प्रशासन सुधार योजना अनुसार कार्यान्वयन चरणमा तिव्ररुपमा अघि बढेको जनाएको छ । नयाँ आर्थिक सालको ६ महिना पुस पसान्त सम्ममा संघ संस्था नयाँ दर्ता ४६, नाबालक परिचयपत्र १ सय ४५, हातहतियार नविकरण ६, आदीवासी जनजाती, दलित लगायत व्यहोरा प्रमाणित पेन्सन  एवं अन्य सिफारिस १ हजार १ सय ८०, संघ संस्था नविकरण १ सय ५७, बजार अनुगमन ७, डिसीएमसी बैठक ७, अन्तरजिल्ला समन्वय बैठक २, कार्यालय प्रमुख बैठक ४ पटक, जिल्ला दररेट समिति बैठक २ पटक बसेको जनाएको छ ।

      त्यस्तै गरी शान्ति सुरक्षा सम्बन्धी अपराधिक घटना १ सय ९८, अभियुक्त पक्राउ १ सय ६४, मुद्दा चलाएको १ सय ९८, हत्याको घटना २, हातहतियार खरखजना जफत १, सडक दुर्घटना १ सय ४३, मृत्यु संख्या २१ र घाइते संख्या १ सय ५५ रहेको छ । त्यस्तै गरी २०७८ पुस सम्ममा नयाँ नागरिकता वितरण महिला ५ हजार ३ सय ५९ ले नागरिकता प्राप्त गरेका छन् । नयाँ नागरिकता वितरण तर्फ १२ जना कर्मचारी परिवार र ३ जना बैवाहिक अंगिकृत नागरिकता वितरण  गरेको छ । त्यस्तै नागरिकता प्रतिलिपी तर्फ महिला २ हजार ६ सय ७६ र पुरुष ४ हजार ९८ गरी ६ हजार ७ सय ७४ ले नागरिकता प्राप्त गरेका छन् । त्यस्तै गरी इलाका प्रशासन कार्यालय बनखु चौरबाट नयाँ नागरिकता वितरण महिला ३ सय १७ र पुरुष २ सय ९३ गरी ६ सय १० जनाले नागरिकता प्राप्त गरेका छन् । त्यस्तै गरी प्रतिलिपी नागरिकता लिनेहरु महिला ४० र पुरुष ४६ गरी ८६ जनाले नागरिकता प्राप्त गरेका छन् । ३ हजार ५ सय ५८ जनाले साधारण राहदानी र १ हजार १२ जनाले द्रुत राहदानी प्राप्त गरेका छन् । त्यस्तै गरी इलाका प्रशासन कार्यालय बनखुचौरबाट १ सय १९ जनाले साधारण र २५ जनाले द्रुत सेवाबाट राहदानी प्राप्त गरेका छन् । त्यस्तै गरी राष्ट्रिय परिचय पत्रमा महिला ३ हजार ६ सय ४२ र पुरुष ३ हजार ९ सय ३२ गरी ७  हजार ५ सय ७४ ले परिचय पत्र दर्ता गरेका छन् । त्यस्तै गरी स्थानीय पालिका ६ वटा नगरपालिकाबाट १ लाख ३७ हजार ८ सय ७८ परिचय पत्र दर्ता गरेका छन् । लागु औषध कारोबार १० जना प्रक्राउ परेका छन् ।

      डायज ट्याव १, सहित ३ सय थान एम्पुल रहेको जनाएको छ । त्यस्तै गरी अघिल्लो वर्षको मुद्दा ३९, २०७८ पुष मसान्तमा दर्ता भएका मुद्दा ३६, फर्छौट भएको मुद्दा ३६, ३५ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको छ । ८ लाख १६ हजार ४ सय जरिवानाबाट राजश्व संकलन भएको छ । ७१ हजार ६ सय रकम भने असुल गर्न बाँकी रहेको जनाएको छ । त्यस्तै गरी जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ०७८ पुष मसान्त सम्ममा ४० वटा ठाडो उजुरी दर्ता भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक चक्रराज जोशीले पुषमहिना भित्रमा ३३ वटा मुद्दा दर्ता भएको जनाएको छ । जिल्ला अदालतको फैसला गरी आदेश पत्र आए अनुसार १५ जनालाई पक्राउ गरेको बताउनुभयो । नागरिकहरुको सुरक्षा अमन चयनमा प्रहरीहरु निरन्तर लागि परेको कुरा प्रहरी प्रमुख जोशीले बताउनुभयो । कार्यक्रममा जिल्लाका क्रियशिल सञ्चारकर्मीहरुले क्रसर उद्योग सञ्चालन, बालुवाखानी, ढुङ्गाखानीबाट उत्पादन भएका सामग्री अत्यधिक महंगोमा विक्रि गरेको प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालयको मौनता साँघ्नुको कारणका बारेमा जिज्ञासा राखेका थिए । त्यस्तै गरी काभ्रेको टिपर आतंक, प्रेर हर्नको कारण कोलाहल अव्यवस्थित सडक जाम हुँदा समेत प्रशासन र सुरक्षा निकायले जिम्मेवारी पुरा गर्न नसकेको, बजार अनुगमन कर्मकाण्डी गरेको लगायतका सवालहरु सञ्चारकर्मीहरुले उठाएका थिए । प्रमुख सेनानी मिलन थापा लगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नागरिकहरुलाई स्तरीय सेवा प्रवाह गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै कानुन विपरीत कार्य गर्ने जोकोहिलाई कानुनी कठाघरामा उभ्याउने बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्