IMG-LOGO

फरार प्रतिवादी त्रय सन्तोष, मिलन र सुमन पक्राउ

 मंगल, माघ २५, २०७८  ---

      धुलिखल, जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले फरार सूचिमा रहेका ३ प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला  अदालत काभ्रे र भक्तपुरबाट कैद तथा जरिवाना ठहर भएका रोशी गाउँपालिकाका वडा नं ११ वर्ष २४ का लागु औषध कारोवारी सन्तोष भन्ने सन्तबहादुर रुचाल, माघ १८ गते बनेपा वडा नं ८ वाट प्रहरीले पक्राउ गरेको हो । भक्तपुर जिल्ला अदालतबाट  उनलाई १ वर्ष ९ महिना ६ दिन कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको थियो । त्यस्तै गरी धुलिखेल नगरपालिका वडा नं २ रविओपी चोरी केशमा परेका वर्ष २८ का मिलन भन्ने दिलबहादुर तामाङलाई खोजतलासको क्रममा माघ २० गते बनेपा वडा नं १० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।

      मिलन भन्ने दिलबहादुरलाई २ महिना ११ दिन कैद र एक हजार जरीवाना जिल्ला अदालत काभ्रेले २०७२ माघ  २ र २०७६ माघ ८ गते फैसला गरेको जनाएको छ । प्रहरीले मिलनलाई चोरी कसुरमा पक्राउ गरेको हो । त्यसैगरी धुलिखेल नगरपालिका वाड नं ६ चोच्छे टोलका ३५ वर्षीय सुमन कर्माचार्यलाई माघ २० गते बनेपा वडा नं ७ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ । सुमनलाई जिल्ला अदालत काभ्रेले जालसाजी मुद्धामा कसुर ठहर गरी २०७६ फागुन २३ गते फैसला गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्