कोरोना भाइरस सब्क्रमणबाट हालसम्मविदेशमा रहेका २४४ नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएन)अन्तर्गतको स्वास्थ्यसमितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यानगुमाएका हुन्।् कोरोनाका कारण नेपालसहित विश्वभरजम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ ।गत साता बेलायत, स्पेन र भारतलगायतदेशमा कोरोना सब्क्रमण दर सामान्य रुपमा वृद्धि भएकासमितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेकानेपाली कोरोना भाइरसबाट सब्क्रमित छन् ।कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्तअरब इमिरेट्स (यूएई), साउदी अरब, बहराइन, कुवेत,कतार, आयरल््याण्ड,जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन,भारत, दक्षिण अफ्रिकालगायत देशमारहेका नेपालीले ज्यान गुमाएका छन्।विदेशमा अलपत्र ६९ हजार नेपालीकाउद्धार गरिएको छ । संघ, विदेशस्थितदूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाकाउद्धार गरिएको जनाइएको छ ।
