IMG-LOGO

प्रेस चौतारी काभ्रेमा नयाँ नेतृत्व

 मंगल, माघ ४, २०७८  ---

     नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बास्कोटाले विश्वसनियताको संकटले पत्रकारीताको गरिमा र महत्व घट्दै गइरहेको टिप्पणी गर्नु भएको छ । प्रेस चौतारी नेपाल काभ्रे शाखाको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पत्रकारीता क्षेत्रमा निष्पक्षता क्षीण बन्दै गएकोले यसलाई सुधार्नु अति आवश्यक रहेको उल्लेख गर्नुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक व्याञ्जुले काभ्रेलाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारीता गर्ने पत्रकारहरुको स्वास्थ्य विमा गरिदिने निर्णय गरेको जानकारी दिनुभयो । पत्रकार महासंघ सँगको समन्वयमा पत्रकारहरुको सूचि उपलब्ध भए पछि धुलिखेल नगरपालिकाले स्वास्थ्य विमाका लागि लाग्ने रकम एकमुष्ठ प्रदान गर्ने उल्लेख गर्नुभयो ।

     कार्यक्रममा बागमती प्रदेश सभा सदस्य चन्द्र लामा, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय आध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना, महासंघ पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रोजन तामाङ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त  अबसरमा पत्रकारीता क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउदै आउनु भएका पत्रकार लक्ष्मण तिमल्सिनालाई “क्रियाशिल पत्रकारीता पुरस्कार २०७८” बाट सम्मान गरिएको थियो ।

     अधिवेशनको बन्द सत्रबाट भुवन रायमाझीको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सह–सचिवमा अरबिन्द्र गौतम, सह–सचिव (समावेशी)मा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ, सदस्यमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रञ्जित बोहोरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र  प्रदिप भण्डारी चयन भएका छन्  ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्