नेपालमा कोरोना भाइरसको सङ्क्रमीत सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।गएको २४ घण्टामा एक हजार एक सय ५४जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलजनाएको छ । गएको २४ घण्टामा नौ हजारपाँच सय ३३ जनाको पीसीआर परीक्षण गदाएक हजार एक सय ५४ जनामा सङ्क्रमणदेखिएको हो । गएको २४ घण्टामा एक हजारपाँच जना निको भएर फर्किएसँगै डिस्चाजहुनेको सङ्ख्या ४७ हजार दुई सय ३८ पुगेकाछ । अब नेपालमा १७ हजार ६ सय ११ जनासक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।यस्तै सात हजार चार सय तीन जनाक्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यानगएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकासङ्ख्या चार सय २७ पुगेको मन्त्रालयकाप्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारीदिनुभयो ।यसैविच यो समाचार तयार पार्दा सम्मकाभ्रे जिल्लामा ११ जना नयाँ संक्रमितसोमवार थपिएका छन् । बनेपा न.पा. बाट १पुरुष धुलिखेल न.पा.बाट १ पुरुष ३ महिला,नमोबुद्ध न.पा. बाट १ पुरुष, पाँचखाल न.पा.बाट २ पुरुष, भुम्लु गाँउपालिकाबाट ३ जनापुरुष गरि काभ्रेमा ११ जना नयाँ संक्रमितथपिएका हुन् । हाल काभ्रे भन्दा बाहिरअस्पताल आइसोलेसनमा १६ पुरुष, ४महिला, होमआइसोलेसनमा ६ जना गरीजम्मा २६ जना रहेको स्वास्थ्य कार्यालयकाभ्रेले जनएको छ ।
