IMG-LOGO

महासंघ सन्दर्भ काभ्रेको २९ औँ स्थापना दिवश

 मंगल, पौष ६, २०७८  ---

       गएका नेतृत्वहरु भन्दा जति नयाँ नेतृत्व आउँदै  छ त्यति आत्मियता, भावनात्मक एकता र काम गर्ने तौर तरिका नेपाल पत्रकार महासंघमा भएको पाइएन । पत्रकारहरुको एउटा फेसबुक ग्रुप छ । त्यहाँ आउने निम्ता, माग्न जाने पत्रकार, भाते र भत्ते समाचार लेख्ने बाहेक त्यस गु्|पमा कांग्रेस, एमाले, माओवादी बारेमा असान्दर्भिक गफ, फोटो पोष्ट हुने बाहेक केही सक्रिय, श्रृजनशील काम महासंघले गरेको देखिदैन ।

       पत्रकार महासंघ स्थापना कालदेखि २९ वर्ष सम्म कसरी आइपुग्यो ? अबको दायित्व के भनेर अग्रजबाट विचार सुन्ने, नयाँ पुस्ताले यूग अनुसारको धारणा बनाउने काम छदै छैन । खाली  कार्यक्रम ग¥यो,  समारोहमा मञ्चमा बान्ने होड । खादा, माला र कार्यक्रममा बोल्ने कुरामा आशक्ती बन्ने बाहेक कुनै सृजनात्मक काम पत्रकार पहांघमा देखिएन् ।

       संस्थापक अध्यक्ष यादव थपलियालाई यो अवसरमा खबर नै छैन । जिउँदा रहेका संसाथपकहरु मोहन दुवाल, दीपक सरकार, लम्बोदर कायस्थ, बेदप्रसाद घिमिरेलाई कुनै निम्ता छैन । संस्थापक साथीहरु भेटिन्छ पुराना कुरा हुन्छन भनेर फेसबुक गु्रपमा सुचना पाएर कार्यक्रम स्थलमा गएका आर.एल श्रमजीवीलाई महासंघको स्थापना कार्यक्रम देखेर लाज लाग्यो रे । कठै हाम्रो नयाँ पुस्ताका होनाहार पत्रकारहरु................

      

       २९ औँ स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरु र महासंघ जिल्ला शाखालाई विभिन्न समयमा सहयोग गर्ने संघ संस्थालाई समेत सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष बद्रीराज तिमल्सिनाले गर्नु भएको थियो । उपाध्यक्ष विनोद न्यौपानेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमशे प्रसाद हुमागाई, नेकपा माओवादी केन्द्र काभ्रेका नेता माओवादी केन्द्र काभ्रेका नेता छिन्ताङ लामा, नेकपा (एकीकृत समाजवादी) काभ्रेका सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्ग, बागमती प्रदेश प्रेस रजिष्टार रेवती सापकोटा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र महासंघ काभ्रे शाखा सल्लाहकार नवराज बजगाइ, संस्थापक सदस्य आर.एल. श्रमजीवी पत्रकारसँग सम्बन्धित सुभेक्षुक संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महसंघ काभ्रेका पूर्व अध्यक्षहरु भोला थापा, इश्वरी ओझा, नारायण सापकोटा र मोतिराम तिमल्सिनालाई  सम्मान गरिएको थियो । पूर्व अध्यक्षहरु मध्ये भोजराज तिमल्सिना र महेशराज पौडेल भने अनुपस्थित रहनु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेको कोभिड–१९ कोषमा सहयोग गर्ने  ३० जनालाई सम्मान सहित कार्यालय सहयोगी मञ्जु तामाङलाई ५ हजार नगद सहति सम्मान गरिएको थियो । महासंघ काभ्रे शाखाको कोभिड कोषमा ८ लाख ८३ हजार रकम संकलन भएको कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले जनाकारी दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन शाखा उपध्यक्ष सुनिता सापकोटाले गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव कपिल कोइरालाले गर्नुभएको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्