IMG-LOGO

धुलिखेलको न्यायिक समितिको पुस्तक विमोचन

 मंगल, मंसिर २८, २०७८  ---

       धुलिखेल नगरपालिकाको न्यायिक समितिले नेपालको संविधान २०७२ को धारा २१७ ले कानुन बमोजीम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न दिएको अधिकारलाई प्रयोग गरी नगरपालिका भित्र जग्गा साँध सिमान, घरझगडा, महिला हिंसा जस्ता घटनाहरुको निरुपण गरेको सवाललाई समेटेर पुस्तक प्रकाशन गरेको छ । न्यायिक समितिको अधिकार अभ्यास र अनुभवको संगालो पुस्तक मंगलबार एक कार्यक्रम बीच नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

       न्यायिक समिति सदस्य मोहनप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख न्यायाधिश मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रमुख भूपेन्द्र बहादुर खत्री, पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जारा, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा उजुरी प्रशासक सरोज चन्द्र थापाले नगर भित्र  आएका विवादको मुद्धाहरुको निरुपण गरेका विषयको बारेमा प्रस्तुती गर्नु भएको थियो । न्यायिक समितिको संयोजक तथा नगरपालिकाको उपप्रमुख विमला कुमारी चौलागाइले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने सन्दर्भमा न्यायिक समितिले आफ्नो भरपुर जनशक्ति परिचालन गरेर न्याय निरुपण गरेको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य गणेश आचार्यले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्