IMG-LOGO

नेपाल जेसीजको अध्यक्षमा विकासको उम्मेदवारी घोषणा

 मंगल, मंसिर २८, २०७८  ---

       नेपाल जेसीजको राष्ट्रिय महाधिबेशनमा वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा वर्तमान महासचिव विकास मानन्धरले उम्मेदवारी घोषणा गर्नु भएको छ । शनिबार बनेपामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै उहाँले आगामी पुष १ गते देखि ४ गतेसम्म पोखरामा हुन लागेको नेपाल जेसीजको राष्ट्रिय महाधिबेशनमा वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित गराउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । विकास मानन्धर जिताउ अभियानका संयोजक एवं काभ्रे जेसीज २०१० का अध्यक्ष हिरा शर्मा नेपालले जेसीजको अभियानमा विकास मानन्धरको नेतृत्वदायी भूमिका स्थापित गर्न देशभरका जेसीज मनहरुको एकता र सहकार्य रहेको बताउनु भएको छ ।

        अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार, काभ्रे जेसीजका अध्यक्ष सुबास बैद्य, जेसीजका पुर्व अध्यक्ष शान्तिरत्न शाक्य, धु्लिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, कराँते एकेडेमीका नवराज मानन्धर र गौतम मानन्धर, जेसीज धुलिखेलका पुर्व अध्यक्ष समिर ब्याञ्जु, परिवार नियोजन संघका अध्यक्ष शुभराज जोशी, वागमती सहकारी संघका कृष्ण तिमल्सिना, रोटरी काभ्रेकी अध्यक्ष रुकमणी सिग्देल, लायन्सका प्रल्हाद शर्मा हुमागाई, सौन्दर्यकला ब्यवसायी संघका केन्द्रिय सदस्य लक्ष्मी श्रेष्ठ, रोशना राजबंशी, ब्लड डोनर्स एशोसिएसनका गणेश रञ्जित लगायतले विकास मानन्धरलाई जिताउन जिल्लाबासीहरुको तर्फबाट सबै खालको सहयोग रहने भन्दै विकास मानन्धरलाई राष्ट्रिय अध्यक्षमा जिताउन लागिपर्ने  उद्घोष गरेका थिए । सन् २००९ देखि निरन्तर जेसीज अभियानमा सक्रिय मानन्धरले सन् २०१५ मा जिल्ला अध्यक्ष, २०१६, २०१७, २०१८ र २०२१ का नेपाल जेसीजका विभिन्न जिम्मेवारीमा रहि काम गरिसक्नु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्