IMG-LOGO

इन्द्रेश्वर साकोसको १४ औँ वार्षिक सधारण सभा

 मंगल, मंसिर २१, २०७८  ---

 

       पनौति न.पा. वडा न.ं ७ स्थीत श्री इन्द्रेश्वर वचत तथा ऋण सहकारी सस्ंथा लिको चौधौं बार्षिक साधारण सभा पनौती नगरपालिका का प्रमुख भीम न्यैपानेको प्रमुख आतिथ्यमा काठंगणेश स्थान पनौतीमा शनिबार सम्पन्न भयो । संस्थाका अध्यक्ष हरिभक्त कर्माचार्यको सभापतित्वमा सञ्चालक सदस्य मणिकलाल श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जेष्ठ नागरिक दिलामायाँ श्रेष्ठ, उत्कृष्ट शेयर सदस्य लक्ष्मी खड्गी, उत्कृष्त वचतकर्ता रामचन्द्र कर्माचार्य र उत्कृष्ट ऋणी कपिल सैंजू सम्मानीत तथा पुरस्कृत हुनु भएको थियो । प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भिम न्यैपाने, बिशिष्ट अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख सल्लाहकार सम्भुलाल श्रेष्ठ, पनौती नगरपालिका सहकारी शाखा प्रमुख मथुरा बजगाई, संस्थाका सल्लाहकार बालकृष्ण कर्माचार्य, संस्थाका कानुनी सल्लाहकार सुरेश तामा्रकार, छिमेकी सहकारी संस्थाबाट उद्यम विकास साकोसका उपाध्यक्ष सनिलसुन्दर सैंजू र सहयात्रा देवीस्थान बहुउद्देसिय सहकारी संस्थाका सचिव हरि शंकर तिमल्सीनाको आतिथ्यता रहेको थियो ।

       साथै उक्त कार्यक्रममा सदस्यहरुद्धारा उत्पादित घरेलु उत्पादनका सामानहरु सहित प्रदर्शनिको व्यवस्था गरिएको थियो । कार्यक्रमको बन्द सत्रमा संस्थाका सचिव हरिसुन्दर भुजूको अनुपस्थितिमा संचालक सदस्य समिता श्रेष्ठले कार्यक्रम संचालन तथा सचिवको प्रतिवेदन पेश गर्नू भएको कार्यक्रममा, लेखा सुपरीवेक्षेण समितिका संयोजक रविचन्द्र कर्माचार्यबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो। संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद सैंजुले आ.व.२०७८÷०७९ को लागि रु.२० करोड ६५ लाखको प्रक्षेपित वासलात विवरणका साथै आ.व २०७७÷०७८ का लागि रु. १६,७०,०९,१६० आर्थिक विवरण र लेखा परिक्षण प्रतिवेदन पेश गर्न‘ुभएको थियो । संस्थाको नयाँ कार्यसमितको निर्वाचन सोहि साधारण सभाबाट सम्पन्न गरि सात सदसीय संचालक समितिमा निर्विरोध अध्यक्षमा माणिलाल श्रेष्ठ, उपाध्यक्ष मौसमी उपाध्याय, सचिव समिता श्रेष्ठ, कोषाध्यक्ष जगतमायाँ श्रेष्ठ सदस्यहरु पशुपति माटंछे, राजकुमार बासी, पुजन बासी र लेखा समितिमा संयोजक रविचन्द्र कर्माचार्य सदस्यहरुमा जमुना श्रेष्ठ र रुपलाल श्रेष्ठ निर्वाचित हुनुभएको कुरा प्रवन्धक सुनिल स्याउला बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्