रिलायन्स फाइनान्स लिमिटेडको १२ औ वार्षिक उत्सवको अवसरमा सेवा घरलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । मानव कल्याण समाज (सेवा घर)धुलिखेल शाखाको गरिमा बढाइ रहनु भएका बुवाआमाहरुको लागि बनेपा ६ निवासी सुभास के.सीले आफ्नो संस्थाको १२ औ वार्षिक उत्सवको अवसरमा ब्लाङकेट ७ थान, चाउचाउ ४ कार्टुन, बिस्कुट २ काटुन, जुस २ काटुन, चामल २ बोरा , पाउरोटी २ प्याकेट हस्तान्तरण गर्नु भएको छ । सेवालाई सहजता प्रदान गर्नका लागि सुस्मिता वैद्य श्रेष्ठु, भगत बोगटीको पनि उपस्थिती रहेको थियोे ।
