IMG-LOGO

युनाइटेड टे«ड बनेपाको उपहार योजना

 मंगल, मंसिर २१, २०७८  ---

 

       बनेपा, फर्निचर एण्ड फर्निसिङ सामाग्री गुणस्तरीय बढि टिकाउ हुने सामाग्री विक्रि गरी ग्राहक वर्गलाई सेवा दिने उद्देश्यले सञ्चालित बनेपाको युनाइटेड टे«ड प्रालिले ग्राण्ड ओपनिङको अवसरमा उपहार योजना अघि सारेको छ । एकहजारको सामाग्री खरिदमा १ वटा कुपन प्राप्त गर्न सकिने छ । शनिबार खोलेको उपहार योजनामा ७ जना भाग्यमानी बनेका छन् । प्रथम पुस्कार कुपन नं द्य ०६०, दोश्रो पुरस्कार ब्४९८, तृतीय पुरस्कार ब् २२१ , चतुर्थ परस्कार ब् २४८, पाँचौ पुरस्कार ब्१८७, छैठौँ पुरस्कार ब् ४०८ र सातौ पुरस्कार ब् २१२ लाई पुरस्कार परेको छ ।

       प्रथम पुरस्कार १२ वर्षे ग्यारेन्टी म्याट्रेस, दुतीय पुरस्कार ५ वर्षे ग्यारेन्टी म्याट्रेस, तृतीय पुरस्कार साढे दुई बर्षे ग्यारेन्टी म्याट्रेस, चौथो पुरस्कार लेदर कुशिन कभर एक सेट, पाँचौँ पुरस्कार वेडसिट एक थान, छैठौँ पुरस्कार पिलो २ पिस र सातौँ पुरस्कार कुसिन वीथ कभर २ पिस रहेको कुरा कम्पनीका अध्यक्ष अरुण थापाले बताउनुभयो । यस्तो खालको उपहार योजना विभिन्न सांस्कृतिक पर्व र अवसरमा गरिने कम्पनीका सञ्चालक राधाकृष्ण श्रेष्ठले बताउनुभयो । कार्यक्रममा अतिथिको रुपमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने र सामाग्री खरिद गर्ने उपभोक्ताहरुको उपस्थिति रहेको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्