IMG-LOGO

थापाको आरोपलाई पूर्व राजाको खण्डन

 मंगल, मंसिर २१, २०७८  ---

 

       राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा र हिमानी शाहलाई किटेरै ट्विटहरू गरेका थिए । निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको र आफूलाई राजनीतिक रूपमै समाप्त पार्न खोजिएको आरोप  थापाको थियो । हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिए पनि उनी नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको ’हस्तक्षेप’ भएको आरोप कमल थापाले सार्वजनिक रूपमै लगाएपछि पूर्वराजा शाहका निजि सचिव फणिराज पाठकले त्यसलाई थापाको ’पराजित मानसिकता’ बताउँदै राजाले त्यस्तो कुनै चासो नलिएको बताएका छन् ।

       जनताको चाहना अनुसार भनेर वहाँले नारायणहिटी र सम्पूर्ण कुरा (छाडेको बेला) एउटा पार्टीको विषयमा को अध्यक्ष बन्ने र को नबन्ने भन्ने बिषयमा लाग्ने प्रश्न नै छैन ।“भनेर पाठकले बीबीसीसँग कुरा  खुलेर थापाको यो शैलीको बिरोध गरे । काभेबाट  राप्रपाको महाधिवेशनमा उत्शाह पुर्वक सहभागिता थियो । राप्रपाको केन्द्रिय सदस्यमा काभेबाट मिना सुबेदीले जितेकी छिन ।   (२ पेजको  सम्पादकीय हेर्नुहोस )

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्