IMG-LOGO

कृषि र पर्यटन क्षेत्रको विकास गर्नु छः मन्त्री लामा

 मंगल, भदौ २९, २०७८  --

     बनेपा, नेपाल सरकार बागमती प्रदेशका संसद भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि, पर्यटन र सहकारी क्षेत्रको व्यवसायिक विकास गरी आर्थिक क्षेत्रको विकासमा फड्को मार्नु पर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल काभ्रेले आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेशको १३ वटा जिल्ला र १ सय १९ स्थानीय पालिकामा भूमि, कृषि तथा सहकारी क्षेत्रको विकासको सम्भावनाको आवश्यकतालाई मध्यनजर गरी प्रतिवद्ध भएर जनताको विकास र समृद्धिको चाहनालाई पुरा गर्न लागि पर्ने कुरा मन्त्री लामाले बताउनुभयो । कृषि, सहकारी र पर्यटन क्षेत्रको दिगो विकासका गरी रोजगारीको श्रृजना गर्न आवश्यक पर्ने नीति निर्माणको लागि आफू दत्तचित्त भएर लाग्ने मन्त्री चन्द्र लामाले तर्क भन्नु भयो ।

     प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघकाभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिन, प्रेस चौतारी केन्द्रीय कार्यवहाक महासचिव हिरालामा, पूर्व अध्यक्ष नवराज बजगाइ लगाएतको आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव जगत तामाङले गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्