IMG-LOGO

अहिलेको सरकार परमादेशबाट बनेको कम्फरटेवल सरकार हो ः नेकपा नेता पोखरेल

 मंगल, भदौ २२, २०७८  --

       नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले अदालतको परमादेशबाट बनेको कम्फर्टेवल सरकारले राष्ट्रहित र जनहितमा कार्य गर्न नसक्ने कुरा सरकार गठन भएको डेढ महिना वितीसक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेकोबाट प्रष्ट हुने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी काभ्रेको वृहत कार्यकता भेला कार्यक्रममा बोल्दै पार्टी महासचिव इश्वर पोखरेलले नेकपा एमाले काभ्रेको उर्वरा भूमि भएको उल्येख गर्दै भन्नुभयो । पार्टी भित्रको अन्तरकलहको भ्रम श्रृजना गर्नेहरुको पछि नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिँदै भ्रमको खेति गर्नेहरुको खैरेत छैन भन्नुभयो । एमाले पार्टी आँधी तुफान सँग  जुद्ददै संघर्ष गर्दै आएको पार्टी भएकोले पार्टी भित्र माधवकुमार नेपाल जस्ता हिजोका केशर जंग रायमाझी, सिपी मौनाली पथ आंगालेर पार्टीमा दुरदर्श निम्ताउने कार्य गर्नुभयो त्यो क्षम्य हुन नसक्ने बताउनुभयो । नेकपा महासचिव पोखरेलले आफ्नै पार्टीको दुई तीहाई नजिकको सरकारलाई गिराएर प्रतिपक्षी पार्टी शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेतृत्वदायी भूमिका खेल्ने नेता नेपाल पार्टी सिद्धाउने खलनायक बनेको आरोप लगाउनुभयो । २०५४ सालमा बामदेव गौतमले पार्टी फुटाउँदा के हालत भयो जनताबाट तिरस्कृत  हुन पुग्यो । ३ वर्ष पछि फेरी पार्टीमा फर्कनु प¥यो, पद प्रतिष्ठा, इर्षा र कुण्ठाको राजनीति गर्नेहरु निमिटयान्न हुने बताउनुभयो । १५ वर्ष पार्टी नेतृत्वमा रहेको ९ औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा हारेका नेपाल अहिले समान हैसियतको अध्यक्ष माग्नु नीति विधि पद्धतिको कुरा गरेर धज्जी उडाउनु र अनैतिक कार्य भएको वताउनुभयो ।  पार्टीमा अव पाको अधवैसे र युवा पुस्ता समेटी पार्टी निर्माण गरी देशको समृद्धि गर्ने पहिलो नम्बरको पार्टी बनाउन सबै एकताबद्ध हुनुपर्ने  धारण नेकपा महासचिव पोखरेलले राख्नुभयो ।

       नेकपा पार्टी स्थायी कमीटी सदस्य टोपबहादुर रायमाझीले २ सय ४० वर्ष शाही साशन ध्वस्त गरियो अब विकास र समृद्धिको युग भएको बताउँदै भन्नुभयोः– अब नयाँ विचारको उदय गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै पार्टी भित्रको अन्तर विरोधले माधव नेपालका केहि समुह टुक्रिएर गएका छन, पार्टी भित्र गुदी को, बोक्रा को भन्ने देखिएको छ । अपराधी को हो दुधको दुध पानीको पानी छरलङ्ग रहेको छ । माधव नेपाल गुटले आफ्नै पार्टीका नेताको सरकार ढलाएर पूँजीवादीको पक्षपाती पार्टी प्रतिपक्ष नेपाली कांग्रेसको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हिड्नेहरु महाअपराधी भएको उल्लेख गर्दै उनीहरु आगामी निर्वाचनमा नामेट हुने बतानउनुभयो  । माओवादी ढुलमुले नीति अंगालेर कम्यूनिष्ट आन्दोलनलाई ध्वस्त पार्दै माधव नेपालको टाउकोमा टेकेर ढाडमा हान्दै दुबै मिलेर प्रतिक्रियावादीको पुच्छर बनि विदेशीहरुको चङ्गुलामा फसेर देश र जनता माथि गुठारा धात गरेको  नेकपा स्थायी कमीटी सदस्य रायमाझीले बताउनुभयो ।

जमानत जफत हुन्छ ः इञ्चार्ज बास्कोटा      

       यसै गरी नेकपा एमालेका केन्द्रीय सदस्य काभ्रेका इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बास्कोटाले केपी ओली नेतृत्वको सरकारले देशको विकास र समृद्धिको वागडोर समालेर कार्य गरेको देख्नै नसकेको बताउँदै माधव नेपालको गुटले पार्टी जनता र देशलाई नै धोका दिएको धारणा राख्नुभयो । पार्टीबाट चोइटीएर गएका नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाज वादीका) अध्यक्ष माधव नेपाल भडुवा नीति विधि र पद्धतीको  कुरा गरेर नथाक्ने आफु कहिल्यै मान्नु नपर्ने, इर्षा, कुण्ठा अहंंकारले भरिएका अनैतिक कार्य गर्ने अपराधी भएको उल्लयेख गर्नुभयो । सूर्य चिन्हमा मत माग्ने आफ्नो पार्टीको सरकारलाई हटाएर नेपाली कांग्रेसको सभापति शेरवहादुर देउवालाई भोट बेच्ने अपराधीहरु समाजवादको ढोल बजाउँदै हिडेको छन् । भन्नुभयो । नेकपा एमालेलाई खरानी बनाउनलागी प परेकाहरु चोइटेर आफैँ खरानी बने । यी अब बेत बसेका गाई हुने छन् । विकास र समृद्धिको सपनालाई साकार पार्न लागि परेको सरकारलाई हटाउन प्रमुख भूमिका खेल्ने माधव नेपाललाई आगामी निर्वाचनमा आफूसँग चुनावी मैदानमा उत्रन नेकपा एमाले नेता बास्कोटाले चुनौती दिनुभयो । आगामी चुनावी प्रतिस्पर्धा कांग्रेस सँग हुने बताउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेमा १ सिट मात्र जितेर देखाउन चुनौती दिनुभयो । जनमतको अपमान गर्नेहरु यीनीहरुको काभ्रेमा जमानत जफत हुन्छ । कोल्याप्स नै गरिदिने भनि व्यङ्गीय गर्नुभयो । तत्कालिन नेकपा एमाले काभ्रेका नेतृत्व समालेका टोकबहादुर वाईवालाई इङ्गीत गर्दै पार्टी कार्यलयको झ्याल र ढोका नै बेचेर  खानेले आगामी निर्वाचनमा जित्ने धक्कु नलाए हुन्छ भन्दै नेकपा एमाले केन्द्रीय सदस्य बास्कोटाले व्यङ्गीय गर्नुभयो । पार्टी निर्माणको जग वलियो बनाउन देखि लिएर  समग्र काभ्रेको विकासलाई तिव्रता दिने नेतृत्व आफूले गरेको बताउँदै छदम भेसीहरुको ल्यागता र तागत केहि नचल्ने बताउनुभयो । संघीय संसद नविना लामा, संविधान सभा सदस्य एवं नेकपा एमाले  बागमती प्रदेश कमीटी सदस्य रमहरी सुवेदी, पूर्व राज्यमन्त्री रेशम लामा, नेकपा एमाले बागमती प्रदेश (कमीटी) सदस्य एवं सांसदद्वय गोमा भुर्तेल र चन्द्र लामा, त्यस्तै गरी प्रदेश कमीटी सदस्य चुणामणी गौतम, नारायण बानिया, जिल्ला कमीटी सचिवालय सदस्य रिता ढकाल र राजन भुर्तेलले मन्तव्य राख्नु भएको थियो ।

       नेकपा एकमाले काभ्रेका उपसचिव इन्द्र बहादुर तामाङ्गले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जुले पार्टीको संगठन गतिशिल ढङ्गबाट अभि बढाउन शसक्त लागि पर्नु पर्ने टडकारो आवश्यकता रहेको बताउनुभयो । संगठीत सदस्य नविकरण र पार्टी सुदृढिकरयाको कार्य ८० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले जनताको मुक्ति, लोकतन्त्र र राष्ट्रियताको सवालमा अडिग रहेको पार्टी नेकपा एमाले भएकाले गरिवी निवारण गरी समाज रुपान्तरण गर्न चट्टान झै प्रतिवद्ध भई सबै एकता बद्ध हुनु पर्ने धारणा र आगामी निर्वाचनमा १ नम्बरको पार्टीबनेर  सरकार सञ्चालन गर्ने जिम्मेवारी हाम्रो काँधमा भएको उल्लेख गर्नुभयो । ४ महिना पछि हुने स्थानीय पालिकाको निर्वाचनमा कार्यकारी पदमा ३३ प्रतिशत महिला नेतृत्वमा आउन तयार रहन आग्रह गरिएको छ । ८ हजार ५ सय संगठीत सदस्य रहेको काभम्रे जिल्लामा २० प्रतिशत मात्रै नविकरण गर्न बाँकी रहेको जनाएको छ। नेकपा एमालेले १० औँ महाधिवेशन २०७९ बैशाख १० गते भित्र सम्पन्न गर्ने र २०७८ असोज दोश्रो हप्ता भित्र विधान अधिवेशन  गरी पार्टीलाई गतिशिल ढङ्गाबाट अघि बढाउने र पार्टीलाई नीति प्रधान बनाउने अभियानमा नेकपा एमाले लागि परेको जिल्ला सचिव नारायण पाण्डेले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्