नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन अन्तरगत गगन थापा पक्षले अधिवेशन सम्पन्न भई पदाधिकारी समेतको नतिजा आइसकेको छ । उप–महामन्त्री र केन्द्रीय सदस्यको मत गणना जारी छ । असन्तुस्ट पक्ष शेरबहादुर देउवा पक्षले पनि देश भरीका पालिका, प्रदेश र क्षेत्रको महाधिवेशन सम्पन्न गरेको छ । दुईधारमा विभाजीत भएको नेपाली कांग्रेसको देउवा पक्षको काभ्रेमा प्रतिनिधि सभा क्षेत्र नं. १ को ‘क’ र ‘ख’ र १३ वटै पालिकाको वडा र पालिका सभापतिको अधिवेशन सम्पन्न गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ मा भने अधिवेशन हुन बाँकी रहेको छ । दशैंपछि लगत्तै अधिवेशन हुने जनाएको छ ।
नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ कार्यसमिति सभापति रोशन पाण्डे, प्रदेश १ (क) सभापति सग्रामजित (रोहित) लामा, प्रदेश १(ख) सभापति चन्द्र (रावण) लामा निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस पाँचखाल नगरपालिका कार्यसमिति सभापति हरि दुलाल, नेपाली कांग्रेस मण्डन देउपुर नगरपालिका कार्यसमिति सभापति राज कुमार मल्ल, नेपाली कांग्रेस पानौती नगरपालिका कार्यसमिति सभापति बिनोद खत्रि, नेपाली कांग्रेस बनेपा नगरपालिका कार्यसमिति सभापति निलम श्रेष्ठ, नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका कार्यसमिति सभापति ईन्द्र बहादुर दहाल, नेपाली कांग्रेस धुलिखेल नगरपालिका कार्यसमिति सभापति प्रदिप कोईराला, नेपाली कांग्रेस चौरि देउरालि गाँउपालिका कार्यसमिति सभापति शेर बहादुर लामा, नेपाली कांग्रेस महाभारत गाँउपालिका कार्यसमिति सभापति रकम सी घलान, नेपाली कांग्रेस खानिखोला गाँउपालिका कार्यसमिति सभापति राज आचार्य परसुराम, नेपाली कांग्रेस तेमाल गाँउपालिका कार्यसमिति सभापति देव नारायण लामा, नेपाली कांग्रेस भुम्लु गाँउपालिका कार्यसमिति सभापति प्रेम लामा र नेपाली कांग्रेस बेथानचोक गाँउपालिका कार्यसमिति सभापति मदन तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । विधान अनुसार क्रियासिल सदस्य १ सय ५० सम्म सभापति सहित २४ जना क्षेत्रीय प्रतिनिधि, २ सय ५० सम्म ३१ जना क्षेत्रीय प्रतिनिधि हुने पार्टी विधानमा व्यवस्था छ ।
