शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १६ औं साधारण सभा संस्थाको अध्यक्ष विक्रम भैलको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष विरेन्द्र प्रसाद घिनाङजुको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । सचिव होमप्रसाद तिमल्सिनाले प्रगति तथा भावि कार्ययोजना, कोषाध्यक्ष दमनकुमार श्रेष्ठले आ.व. २०८२÷०८३ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक आरती श्रेष्ठले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । ५ करोड १२ हजार शेयर पूँजी, ५१ करोड ९ लाख १० हजार बचत संकलन, ५६ करोड ७ लाख ऋण लगानी गरी १ करोड २९ लाख १७ हजार २५ संचालन आम्दानी, खुद मुनाफा ६४ लाख ७६ हजार ९ सय १६ गर्न सफल भएको छ । ५ करोड ६६ लाख १५ हजार १ सय १ जगेडा कोष रहेको कुरा संस्थाका प्रबन्धक रमेश श्रेष्ठले बताउनुभयो । संस्थाका उपाध्यक्ष राजेन्द्रराज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष विक्रम भैलले संस्थाका शेयर सदस्यहरुको आर्थिक वृहत्तर हित, व्यवसाय प्रबद्धन र उद्यमसिलताको विकासमा लगानी बढाउँदै लगेको बताउनुभयो ।
