IMG-LOGO

बुडोल साकोसद्वारा जेष्ठ नागरिक सम्मान

 मंगल, असोज २०, २०८३  -

                अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८३ को अवसरमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. (BUSA) अन्तर्गत महिला तथा सामाजिक सांस्कृतिक उपसमितिको आयोजनामा तथा कान्छीमाया तामाङ फाउण्डेशन, धुलिखेल–४ सँगको सहकार्यमा संस्थामा आबद्ध ७५ वर्ष उमेर पूरा गर्नुभएका २३८ जना ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरिएको छ ।

                दुई दशकभन्दा लामो समयदेखि निरन्तरता पाउँदै आएको यस कार्यक्रम अन्तर्गत प्रत्येक सदस्यहरूलाई यस वर्ष १ थान हटकेस, १ थान इलेक्ट्रिक हट ब्याग, १ के.जी. सातु, १ थान रामनामी र नगद रु. ३५३।– सहित सम्मान गरिएको हो । ज्येष्ठ नागरिकप्रति माया, सम्मान र कृतज्ञताको भावना अभिवृद्धि गर्दै परिवार तथा समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारलाई अझ सुदृढ बनाउनु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको कुरा प्रमुख कार्यकारी अधिकृत विवेकराम ठकुरीले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्