अखिल महिला सघं काभ्रेको सातौ जिल्ला सम्मेलनबाट महिला नेतृ पबित्रा भुर्तेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सघंको उपाध्यक्षमा मुना कर्माचार्य र लक्ष्मि मिजार, सचीव तुलसी पौडेल सह–सचिव शान्ती दङ्गाल, कोषाध्यक्ष बबिता बोहोरा लगाएतका रहेका छन् । अखिल नेपाल महिला सघंकी केन्द्रिय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा काभ्रे ईन्चार्ज अशोक ब्यान्जु, सविंधान सभा सदस्य शिला कतिला, नेकपा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, अनेमसघं काभ्रे ईन्चार्ज कमला काफ्ले लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम अखिल नेपाल महिला सघंकी अध्यक्ष विमला सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा अनेम सघंका पुर्व केन्द्रिय सदस्य डा. अम्भु भवानी कार्की, पुर्व सांसद गोमा भुर्तेल, पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार, पनौती नगरपालिका उप प्रमुख गिता बन्जारा, वागममती प्रदेश पुर्व अध्यक्ष विमला शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।
