IMG-LOGO

संचारकर्मी रामशरणको निधन

 मंगल, असोज २०, २०८३  -

    नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व सदस्य रामशरण खरेलको विहिबार असामयिक निधन भएको छ । राष्ट्रचक्र साप्ताहिकका सम्पादक÷प्रकाशक रहनुभएका खरेलले काभ्रेली पत्रकारीताको विकासमा महत्वपूर्ण योगदान गर्नुभएको छ । वि.सं. २०३३ साल बैशाख १५ गते जन्मनुभएका खरेल नेपाल प्रेस युनियन काभ्रेको संस्थापक समेत हुनुहुन्थ्यो । काभ्रे टाइम्सको प्रारम्भमा कार्यालय प्रतिनिधिको रुपमा खरेलले कार्य गर्नुभएको थियो । स्वर्गीय खरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति काभ्रे टाइम्स परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्