सुनिल संगम १३ सेप्टेम्बर २०२६ बेलायत, बेलायतको आश्फोर्ड केन्ट र आसपासमा रहेका नेवार समुदायहरूको एक बृहत भेलाले १२ सेप्टेम्बर २०२६ का दिन शिव श्रेष्ठको अध्यक्षतामा “झिगु नेवा पुचः” नाम रहने गरि नेवारी समाज गठन गरिएको छ । नव गठित संस्थाको वरिष्ठ उपाध्यक्षमा भरत श्रेष्ठ, उपाध्यक्षमा प्रसान्त महर्जन, महासचिवमा पर्वत श्रेष्ठ, सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा पविता श्रेष्ठ र सदस्यहरूमा पुकार श्रेष्ठ, बिमल श्रेष्ठ, नन्दलाल श्रेष्ठ, मुक्तिराम श्रेष्ठ, राजेश श्रेष्ठ, कुमार श्रेष्ठ र बिजय श्रेष्ठ रहेका छन् ।
संस्था गठन लगतै बसेको बैठकबाट सुनिल भोछिभोयाको संयोजकत्वमा विष्णु श्रेष्ठ र पर्वत श्रेष्ठ सदस्य रहने गरि विधान निर्माण उप–समिति गठन गरिएको छ । साथै निकटमा रहेको नेवार समुदायको महान चाड म्हः पुजा र नेपाल संबतलाई सामुहिक रूपमा मनाउने निर्णय गरेको छ । आगामी बैठकबाट संस्थाको सल्लाहकारहरू र थप सदस्यहरू मनोनित गरि संस्थालाई थप मजबुद र सक्रिय पारिने जानकारी सचिव शिव श्रेष्ठले दिएका छन् ।
