IMG-LOGO

नेपाल जेसीस वर्ष २०२६ को क्षेत्र ‘ग’ सम्मेलन भब्यरुपमा सम्पन्न

 मंगल, असोज ६, २०८३  -

    बनेपा/ काभ्रे लेडी जेसिजको आतिथ्यतामा नेपाल जेसिज वर्ष २०२६ अन्तर्गत क्षेत्र ‘ग’ सम्मेलन स्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भयो । युवामा नेतृत्व क्षमता, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेतृत्व तथा क्षमता विकास, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वलगायतका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै उत्प्रेरणा सम्वन्धी तालिम, डिजिटल मार्केटिङका लागि जेनेरेटिभ एआई तथा वित्तीय साक्षरता र लगानीसम्बन्धी तालिम समेत सञ्चालन भयो । सम्मेलन पुर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले उद्घघाटन गर्नुभएको थियो । काभ्रे लेडी जेसिसकी अध्यक्ष मोनिका शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष जीवन कार्की, जेसीजकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन देवकी आचार्य दुलालले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्