IMG-LOGO

अपेन बाल सांस्कृतिक उत्सव २०८३ सम्पन्न

 मंगल, असोज ६, २०८३  -

    बनेपा / एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)को आयोजनामा सातौँ अपेन बाल सांस्कृतिक उत्सव–२०८३ बनेपामा सम्पन्न भएको छ । साना हात, मौलिक साथ भन्ने नारासहित सातौँ अपेन बाल सांस्कृतिक उत्सव अपेन काभ्रेका अध्यक्ष रोजिना केसीको सभापतित्वमा र जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी गौतमले बालबालिकाहरुलाई किताबको गहरुङ्गो भारी बोकाउनु भन्दा यस्ता खालका सिकाईले बालबालिकाको सर्वाङ्गीण विकाससँगै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण हुने बताए । उनिहरुलाई यो उमेरमा खेल्दै रमाउँदै सिक्ने वातावरण बनाइ पढाउनु शिक्षकहरुको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । प्रमुख अतिथि गौतमले अब सरकारले शैक्षिक नीति नै परिमार्जन गरी विश्व बजारमा बिक्ने परिस्पर्धि शिक्षा प्रदान गर्नुपर्ने उल्येख गर्नुभयो । देशमा उच्च हाँसिल गरेका युवालाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने वहाँको तर्क थियो ।
    कार्यक्रममा बालबालिकाले नेपाली मौलिक संस्कृति, कला, परम्परा र भेषभूषा झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । बालबालिकाका नृत्य, गीत, अभिनय तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । बालबालिकामा लुकेको प्रतिभा प्रस्फुटन गराउने, मौलिक कला तथा संस्कृतिप्रति रुचि जगाउने र बालमैत्री वातावरणमा सिकाइलाई प्रवद्र्धन गर्न उक्त उत्सव आयोजना गरिएको अध्यक्ष रोजिना केसीले जनाउनुभयो । केसीले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र सामाजिक व्यवहार विकासमा सकारात्मक योगदान पुग्ने भएकाले आगामी वर्षहरुमा समेत कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाउनुभयो ।
    कार्यक्रममा अपेनका केन्द्रिय अध्यक्ष कृष्ण कुमार बोहोरा, बरिष्ठ उपाध्यक्ष राज्यलक्ष्मी बैदार, नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, अभिभावक, शिक्षक, शिक्षिका लगाएतका सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका १२ वटा मन्टेश्वर विद्यालयका बालबालिकाहरुको सहभागीता रहेको थियो । सहभागी विद्यालयलाई प्रमाणपत्र र बालबालिकाहरुलाई पं्रशापत्र प्रदान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्