IMG-LOGO

शिक्षाको सर्वाङ्गीण विकासको जिम्मेवारी त्रिविविको हो उपकुलपति : थापा

 मंगल, असोज ६, २०८३  -

    तेजगंगा बहुमुखी क्याम्पस पनौती नगरपालिका वडा नम्बर ८, काभ्रेपलाञ्चोकमा क्याम्पस स्थापनाको २५ औं रजत वर्षको उपलक्ष्यमा क्याम्पस परिसरमा स्थापित रजत वर्ष स्तम्भ एबम यस क्याम्पस स्थापनाका प्रेरणाका व्यक्तित्वहरू स्वर्गीय तेजप्रताप सिंह कार्की (पुर्ब नेपाली सेनाको कर्नेल) एवम् उहाँ कि जीवन संगीनी स्वर्गीय गंगा कुमारी कार्की उहाँको परिवारबाट निर्माण गरिएको अर्धकदको सालिक अनावरण कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको प्रमुख आतिथ्यता र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर देउजाको सभापतित्वमा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका नवनियूक्त उपकुलपति प्रा.डा. भोला थापाले देशको सर्वाङ्गीण शैक्षिक विकासको जिम्मेवारी प्राप्त गरेको त्रिविविले शैक्षिक उन्नयन विकासमा चाहे जस्तो फड्को मार्न नसकेको कुरा बताउनुभयो । करीब १ हजार एक सय सामुदायिक क्याम्पस, त्यसैगरी नीजि क्षेत्रबाट संचालित कलेजहरुले शैक्षिक विकासमा योगदान पु¥याएको उल्येख गर्दै विश्व बजारमा प्रतिस्पर्धि ढङ्गबाट सिप सहितको शिक्षा प्रदानको लागि राज्यको स्पष्ट नीति अवलम्वन गरी कार्यान्वयन गर्न ढिला गर्नुनहुने तर्क प्राडा थापाले गर्नुभयो । गम्भीर चुनौती र अवसरको जिम्मेवारी प्राप्त गरेको प्रसंङ्ग कोल्याउँदै विगत १० वर्ष देखि नयाँ विषयको संवन्धनका लागि ४ सय आवेदन आएको तर कार्यन्वयन हुन नसकेको यथार्थ हामी सामु रहेको उल्येख गर्नुभयो । उच्च प्रविधिको विकास प्रतिस्पधि शिक्षा आजको आवश्यकता भएकाले शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउन आफूले सक्दो प्रयास गर्ने प्रा.डा. थापाको भनाइ रहेको छ । कलेजहरुको स्थायित्वका लागि शिक्षक, कर्मचारीको स्थायित्व जरुरी भएकाले कलेज व्यवस्थापनले ध्यान दिनुपर्ने र त्रिविविमा अध्ययनरत ५ लाख विद्यार्थीहरुको संख्या नघटाइ युग सुहाउँदो गरीखाने शिक्षा प्रदानका लागि सरकारले बोल्ड डिजीसन गराउन आफू लागि पर्ने त्यसमा सबैको साथ चाहिने तर्क प्रा.डा. थापाले गर्नुभयो । डा. अम्बु भवानी कार्की जो तेजगंगा बहुमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख हुनुहुन्छ । उहाँले आफ्ना पिता र माता तेज र गंगाको शालिक निर्माण गरी अनावरण गरी समाजमा उदाहरणीय कार्य गरेकोमा प्रा.डा. थापाले धन्यवाद दिनुभयो । संस्थापक क्याम्पस प्रमुख कार्कीले नयाँ सम्बन्धनको लागि राख्नुभएको सुझावलाई सकारात्मकरुपमा आफूले लिएको, देशको शैक्षिक विकासको हितमा कार्य गर्ने भनाइ उपकुलपति प्रा.डा. थापाले राख्नुभयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, पूर्व उद्योग मन्त्री केशव बडाल, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की, जिल्ला समान्वय समिति काभ्रे प्रमुख दिपक गौतम, केशव थापा, क्याप्टेन रमेश्वर थापा क्याम्पस प्रमुख, सामुदायिक तथा विद्यालयका प्रधानाध्यापक पत्रकार तथा शिक्षा सेवीहरुको उपस्थिति रहेकोे  थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्