IMG-LOGO

नेपाली कांग्रेस काभ्रेको वडा अधिवेशनबाट को को बने सभापति ?

 मंगल, असोज ६, २०८३  हरिनाथ न्यौपाने

    नेपाली काँग्रेस काभ्रेको १ सय ३५ वटै वडामा अधिवेशन सर्वसम्वतरुपमा सम्पन्न भएको छ । १५ औँ महाधिवेशनको तालिका अनुसार असोज ३ र ४ गते १३ वटा पालिकामा सम्पन्न भएको वडा अधिवेशनले वडा सभापति सहितको कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको काँग्रेस काभ्रेका सचीव माधव ढकालले जानकारी दिनुभयो । काभ्रेको क्षेत्र न. १ मा ६९ वडा र क्षेत्र न. २ मा ६६ वडाहरु रहेका छन् । कांग्रेसको वडा सभापति र क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेश सभा, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्ने प्रावधान छ भने महाधिवेशन प्रतिनिधिले केन्द्रिय नेतृत्व चयन गर्ने बिधानमा ब्यवस्था रहेको छ । यो समाचार तयार पार्दा सम्म क्षेत्रीय प्रतिनिधिहरुको बिस्तृत नामावली भने तयार हुन बाँकी नै रहेको बताईएको छ । आगामी असोज ७ गते पालिका अधिवेशन , असोज १० गते क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रिय महाधिवेशन हुनेछ । जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि हुने छ ।
    काभ्रेपलाञ्चोक जिल्लामा रहेको १३ वटा पालिकाहरुमा चयन भएका नेपाली कांग्रेसका वडा सभापतिहरुको नामावली ः
बनेपा नगरपालिका ः
वडा नं. १ ः जयराम थापा, ‎वडा नं. २ ः नवराज घिमिरे, ‎वडा नं. ३ ः रमेश प्रसाद दाहाल, ‎वडा नं. ४ ः मच्छिन्द्र श्रेष्ठ, ‎वडा नं. ५ ः देवराज थापा, ‎वडा नं. ६ ः श्याम चन्द्र श्रेष्ठ, ‎वडा नं. ७ ः भिम गोपाल तौजले, ‎वडा नं. ८ ः किशोर मानन्धर, ‎वडा नं. ९ ः कमल प्रसाद शाहि, ‎वडा नं. १०ः नहकुल के.सि, ‎वडा नं. ११ ः सङ्गम थापा, ‎वडा नं. १२ ः आशिष शर्मा वाग्ले, वडा नं.१३ ः राजु श्रेष्ठ र वडा नं १४ः जिवन श्रेष्ठ रहेका छन् ।
धुलिखेल नगरपालिका ः
‎वडा नं. १ ः सन्तबहादुर लामा, ‎वडा नं. २ ः रुद्र गेलाल, ‎वडा नं. ३ ः होमनाथ बजगाईं, ‎वडा नं. ४ ः गोबर्धन थापा मगर, ‎वडा नं. ५ ः भबसागर रन्जितकार, ‎वडा नं. ६ ः सुवर्ण चोछे श्रेष्ठ, ‎वडा नं. ७ ः दिपेश घिनाञ्जु, ‎वडा नं. ८ ः मिसाङ् लामा, ‎वडा नं. ९ ः बलराम सिग्देल, ‎वडा नं. १०ः अशोक शाह, ‎वडा नं. ११ ः नारायण ओझा र ‎वडा नं. १२ ः अरुण लामा रहेका छन् ।
पनौती नगरपालिका ः
‎वडा नं. १ ः लक्ष्मण सापकोटा, ‎वडा नं. २ ः सन्तोष  हुमाँगाई, ‎वडा नं. ३ ः कृष्णप्रसाद सापकोटा, ‎वडा नं. ४ ः भिम बन्जारा, ‎वडा नं. ५ ः कुमार थापा, ‎वडा नं. ६ ः धुर्बराज आचार्य, ‎वडा नं. ७ ः निलकण्ठ सैंजु, ‎वडा नं.८ ः महेश बन्जारा, ‎वडा नं.९ ःधुर्ब हुमाँगाई, ‎वडा नं.१० ः बालकृष्ण फुयाल, ‎वडा नं ११ ः महेश थापा र ‎वडा नं १२ ः विजय के.सि रहेका छन् ।
पाँचखाल नगरपालिका ः
‎वडा नं. १ ः सञ्जय कुमार बि.क, ‎वडा नं. २ ः निरज खतिवडा, ‎वडा नं. ३ ः प्रकाश तिमल्सिना, ‎वडा नं. ४ ः विक्रम लामा, ‎वडा नं. ५ ः कुमार लामा, ‎वडा नं. ६ ः श्याम बहादुर दुलाल, ‎वडा नं. ७ ः उत्तम काफ्ले, ‎वडा नं. ८ ः नवराज तामाङ, ‎वडा नं. ९ ः अनिल श्रेष्ठ, ‎वडा नं. १० ः पुष्पराज न्यौपाने, ‎वडा नं. ११ ः नवराज सेढाई, ‎वडा नं. १२ ः प्रदिप आचार्य र ‎वडा नं १३ ः सुकविर तामाङ रहेका छन् ।‎
नमोबुद्व नगरपालिका ः
वडा नं १ः कामी सिं तामाङ, ‎वडा नं २ः लक्ष्मण गौतम, ‎वडा नं ३ः शिव भुर्तेल, ‎वडा नं ४ः अर्जुन भुजेल, ‎वडा नं ५ः सुरे तामाङ, ‎वडा नं ६ः धनध्वज तामाङ, ‎वडा नं ७ः चन्द्रमान तामाङ, ‎वडा नं ८ः दिपेशचन्द्र तामाङ, ‎वडा नं ९ः वीर बहादुर लामा, ‎वडा नं १०ः बलराम अधिकारी र ‎वडा नं ११ः ज्ञान बहादुर लामा रहेका छन् ।‎
मण्डनदेउपुर नगरपालिका ः
वडा नं. १ः वुद्धिमान तामाङ, ‎वडा नं. २ः दिनेश घोरासैनी, ‎वडा नं. ३ः रेणु बजगाई, वडा नं. ४ः नेत्र प्रसाद तिमल्सिना,‎वडा नं. ५ः राजु लामा, ‎वडा नं. ६ः सोम प्रसाद ढकाल (कुमार), ‎वडा नं. ७ः श्रीराम श्रेष्ठ, ‎वडा नं. ८ः भरत प्रसाद पौडेल, ‎वडा नं. ९ः कृष्ण बहादुर वाइबा, ‎वडा नं. १०ः उत्तर लामा, ‎वडा नं. ११ः मेघनाथ न्यौपाने र ‎वडा नं. १२ः बासु पराजुली रहेका छन् ।
रोशी गाँउपालिका ः
वडा नं. १ ः सानु लामा, वडा नं. २ ः सुरेश लामा, वडा नं. ३ ः चन्द्र लामा, वडा नं. ४ ः भगवान लामा, वडा नं. ५ ः दावा लामा, वडा नं. ६ ः अभिषेक लामा, वडा नं. ७ ः चन्द्र कुमार शाह, वडा नं. ८ ः ज्ञानि तामाङ, वडा नं. ९ ः दामोदर श्रेष्ठ, वडा नं. १०ः एकरत्न घलान, वडा नं. ११ ः मिन बहादुर रुचाउ र वडा नं. १२ ः बिज बहादुर वम्जन रहेका छन् ।
बेथानचोक गाँउपालिका ः
वडा नं. १ ःविकास गोले, वडा नं.२ ः नवराज केसी, वडा नं ३ ः कुमार घिमिरे, वडा नं ४ ः कर्ण तामाङ, वडा नं. ५ ः भुवन लामा र वडा नं. ६ ः भिम बहादुर तामाङ रहेका छन् ।‎
तेमाल गाँउपालिका ः
‎वडा नं. १ः रामकृष्ण बास्कोटा, ‎वडा नं. २ः विकास तामाङ, ‎वडा नं. ३ः कान्छामान तामाङ, ‎वडा नं. ४ः प्रेम लामा, ‎वडा नं. ५ः जनक सिँ लामा, ‎वडा नं. ६ः मनिल लामा, ‎वडा नं. ७ः ज्ञान्देन लामा, ‎वडा नं. ८ः तेमाल सिं तामाङ र ‎वडा नं. ९ः पुष्पलाल दोङ रहेका छन् ।
भुम्लु गाँउपालिका ः
‎वडा नं. १ ः रेशम माझी, ‎वडा नं. २ ः केशब बहादुर महत, ‎वडा नं. ३ ः बिक्रम लामा, ‎वडा नं. ४ ः जोकमान लामा,‎वडा नं. ५ ः अनन्त लामा, ‎वडा नं. ६ ः मीन प्रसाद थपलिया, ‎वडा नं. ७ ः निमा लामा, ‎वडा नं. ८ ः जीवन जनै मरु, ‎वडा नं. ९ ः धन बहादुर लामा र वडा नं. १०ः शंकर लामा रहेका छन् ।‎
चौंरीदेउराली गाँउपालिका ः
‎वडा नं. १ ः नवराज पराजुली, ‎वडा नं. २ ः लोक बहादुर मगर, ‎वडा नं. ३ ः निमा ग्याल्जेन लामा, ‎वडा नं. ४ ः रेशम लामा, ‎वडा नं. ५ ः भिमसेन गौतम, ‎वडा नं. ६ ः दिपेन्द्र चौलागाई, ‎वडा नं. ७ ः राममाया लामा, ‎वडा नं.८ ः माधब खरेल र ‎वडा नं. ९ः यान कुमार लामा रहेका छन् ।‎
महाभारत गाँउपालिका ः
वडा नं १ ः तारा बहादुर राना, वडा नं २ ः बिछोड वाइबा (पाल्साङ), वडा नं ३ ः प्रकाश थिङ, वडा नं ४ ः महाराज बोम्जन, वडा नं ५ ः गणेश थिङ, वडा नं ६ ः टेकध्वज वाईवा, वडा नं ७ ः मिलन मोक्तान र वडा नं ८ ः धिरज मोक्तान रहेका छन् ।
खानीखोला गाँउपालिका ः
‎वडा नं. १ ः श्यामकाजी भ्लोन, ‎वडा नं. २ ः शक्तिराज थिङ, ‎वडा नं. ३ ः निमा बल, ‎वडा नं. ४ ः रुपेश लोप्चन, ‎वडा नं. ५ ः सुबास लोप्चन, ‎वडा नं. ६ ः शङ्करमान लामा र ‎वडा नं. ७ ः ओम बहादुर घ्यावा रहेका छन् । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्