काभ्रे/ धुलिखेल नगरपालिका वडा नम्बर २ मा रसायन रहित पानी शुद्धीकरण उपकरण मेसिनको उद्धघाटन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) अन्तर्गतको रिसर्च सेन्टर फर इन्भाइरोन्मेन्टल साइन्सेस र धुलिखेल नगरपालिकाको सहकार्य तथा समन्वयमा धुलिखेल नगरपालिका–२ मा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान गरिएको छ ।
कार्यक्रममा चीन–नेपाल पानी शुद्धीकरण सहयोग परियोजनाको सवालमा कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा नेपालको पूर्वाधार विकास मन्त्रालयका सह–सचिव पूर्ण उपाध्याय, नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का विज्ञान संकाय प्रमुख डा. बुद्धराम शाह, चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) अन्तर्गतको इको–इन्भाइरोमेन्टल साइन्सेस अनुसन्धान केन्द्रका प्राज्ञ–प्राध्यापक जिउहुई क्वु, धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निरञ्जन जंगम, वडा नम्बर २ का वडा अध्यक्ष अर्जुुन न्यौपाने लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यवहाक नगरप्रमुख निराजन जंगमले रसायन रहित पानी सुद्धिकरण मेसिन उपकरण जडानले शुद्ध गुणस्तरीय पिउनेपानी उपभोग गर्न सकिने हुँदा वडाबासीको लागि खुसीको क्षण भएको बताउनुभयो । उक्त कार्यक्रममा धुलिखेल नगरपालिका निवर्तमान नगरप्रमुख अशोक व्याञ्जुले धुलिखेलको समग्र बिकासमा योगदान पु¥याएको चर्चा गरिएको थियो ।
र्कायक्रममा चिनियाँ पक्ष र नास्टबीच सहयोग स्वरूप प्राप्त उपकरणको ‘प्लाक’ (स्मारक चिन्ह) हस्तान्तरण गरिएको थियो भने नास्ट र धुलिखेल नगरपालिका बीच सम्झौतामा हस्ताक्षर तथा खानेपानी सुद्दकिरण मेसनिको उद्धघाटन गरिएको थियो । दैनिक १ लाख ५० हजार लिटरसम्म पानी प्रशोधन गर्न सक्ने केन्द्रबाट करिब १ हजार २ सय परिवार लाभान्वित हुने जनाएको छ । शुद्धीकरण प्रक्रियामा इलेक्ट्रोड, म्याग्नेटिक स्यान्ड र अल्ट्राभायोलेट (यूभी) लाइट प्रयोग हुने नास्टले जनाएको छ । रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने भएकाले ग्रामीण तथा पर्याप्त प्रशोधन सुविधा नपुगेका क्षेत्रमा यो प्रविधि उपयोगी हुने बताइन्छ । निर्वतमान नगर प्रमुख अशोक ब्यान्जु, नाष्टका प्रतिनिधी, स्थानिय उपभोक्ता समिति, स्थानियबासीहरुलाई धन्यबाद दिएका थिए । प्रशोधन केन्द्रले पानीमा रहेका जीवाणु तथा अन्य सूक्ष्म किटाणु निष्क्रिय गर्नुका साथै धमिलो पानीलाई सफा बनाउन सहयोग गर्ने जनाएको छ । धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
