बनेपा नगरपालिका वडा नं. ८ अरनिको राजमार्ग उग्रचण्डी पेट्रोल पम्प अगाडी मोटरमाइकल दुर्घटना हुँदा पैदल यात्री गम्भीर घाइते भइ उपचारको लागि शिरमेमोरियल अस्पताल लगिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते पैदल यात्री बनेपा वडा नं. ७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरलाई थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गम्भीर घाइते ज्ञानलालको उपचारको क्रममा मृत्यु भएको अस्पतालका चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ । धुलिखेलबाट बनेपा तर्फ आउँदै गरेको बा.६५प ४८१३ नम्बरको मोटरसाइकलले पैदल यात्री ज्ञानलालले बाटो क्रस गर्दा गम्भीर घाइते भइ उपचारको लागि अस्पताल लगिएको उपचारको क्रममा ७२ वर्षीय ज्ञानलालको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक महाभारत गाउँपालिका वडा नं. ६ घर भइ हाल बनेपा–४ नाला बस्दै आएको २७ वर्षीय नविन घिसिङ समेत घाइते भइ अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
