सेमरक निस्ट वल्र्ड स्कुल बनेपाले तिज विशेष कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रे संयोजक एवम काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपानेको सभापतित्वमा तथा खेलकुद क्षेत्रका अभियानकर्मी राजमन्दीर श्रेष्ठ अतिथि रहेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालका प्रिन्सिपल अशोक पाण्डेले गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक वर्गले तिजको अवसरमा नृत्य प्रस्तुत गरि सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।कार्यक्रमको सभाध्यक्ष न्यौपानेले तिज महिलाहरुको विशेष पर्व, धार्मिक र सांस्कृतिक महत्त्व रहेकोल बताउनु भयो । उहाँले हाल तिज पर्व सबै जात जातिले सग सगै मान्दा मित्रता भाइचारा सम्बन्ध बिस्तार भएको उल्लेख गर्नुभयो । नवनिर्मित फुटसल खेलमैदानमा भएको तिज कार्यक्रममा महिला दिदीबहीनीहरुले नृत्यगरी नाच्नु र नचाउनु भएको थियो ।
