बनेपा/बागमती टिपर ब्यवसायी संघ काभ्रेको १२ औं बार्षिक साधारण सभा नेपाल ट्रक ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र विक्रम बाँनियाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष सुरेश खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । नयाँ समिति निर्वाचनका क्रममा नविन बैद्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । बागमती टिपर ब्यवसायी संघका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य विसिष्ट अतिथि हुनुहुन्थ्यो । संघका अध्यक्ष सुरेश खत्रीले बागमती टिपर ब्यवसायी संघको संस्थागत विकास, क्षमता बृद्धी, सडक दुर्घटना न्यूनीकरण, दुर्घटना नगराउने टिपर चालकहरुलाई सम्मान र पुरस्कार लगायतका कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल ट्रक ब्यवसायी महासंघका केन्द्रीय महासचिव बद्रिप्रसाद चौलागाई, नेपाल हेभिइक्पिमेन्ट ब्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्मा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, संघका बरिष्ठ उपाध्यक्ष नविन बैद्य लगायतले बागमती टिपर ब्यवसायी संघले ब्यवसायीहरुका लागि खेलेको भूमिकाका बारेमा धारणा राख्दै साधारण सभाको सफलताको कामना गरेका थिए । कार्यक्रममा पुर्व कार्यालय प्रमुख प्रकाश कायश्थलाई विदाई गरिएको थियो । कार्यक्रम डा.कृष्ण ओझाले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष राजभक्त प्रधान, पुर्व अध्यक्ष शेरबहादुर कुँवर, निर्वतमान अध्यक्ष प्रेम लामा, विभिन्न यातायात सेवा समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, ब्यवसायीहरुको आतिथ्यता रहेको थियो ।
साधारण सभाको बन्द सत्रमा अध्यक्ष सुरेश खत्री, बरिष्ठ उपाध्यक्ष नविन बैद्य, सह सचिव राजन पौडेल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ लगायतले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्वतले पास भएको छ । संघमा १ हजार २० वटा सवारी साधन आवद्ध भए पछि नियमित नविकरण भने ८ सय ५० मात्रै हुने गरेको छ । दुर्घटना न्यूनीकरण, ओभरलोड नियन्त्रण, गाडी दुर्घटना हुँदा ब्यक्तिको मृत्यु पश्चात संचालन नभएको अवस्थाको गाडीलाई दैनिक भत्ता, एकाघरको परिवारको निधन भएको अवस्थामा गाडी धनीहरुलाई २५ हजारका दरले आर्थिक सहयोग, अप्रेसन तथा गम्भिर प्रकृतिको उपचार गराउँदा गाडी धनीहरुलाई उपचार खर्च उपलब्ध गराउने गरिएको अध्यक्ष सुरेश खत्रीको भनाइ रहेको छ । २०८० साउन ६ गते भवन उद्धघाटन गरी कार्यालय ब्यवस्थापन गरिएको छ । ५ आना जग्गामा भवन निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७९/२०८० मा १ सय १७ वटा, २०८०/२०८१ मा १ सय १२ वटा, २०८१/२०८२ मा १ सय ११ वटा र २०८२/२०८३ मा ६४ वटा सवारी साधन दुर्घटनामा परे । आर्थिक वर्ष २०७९/२०८० मा २ करोड १८ लाख ३० हजार आम्दानी भयो भने २ करोड २१ लाख ३२ हजार खर्च हुँदा संघ घाटामा गएको थियो । २०८०/२०८१ मा २ करोड २५ लाख २५ लाख ७३ हजार आम्दानी भई १ करोड ९२ लाख ६० हजार खर्च भएको छ । २०८१/२०८२ मा २ करोड ३९ लाख ४१ हजार आमम्दानी भई १ करोड ७९ लाख ९३ हजार खर्च भएको छ । २०८२/२०८३ मा २ करोड ६३ लाख ५८ हजार आम्दानी भई १ करोड ५४ लाख ५१ हजार रुपैया खर्च भएको छ ।
नयाँ नेतृत्व चयन
उक्त साधारण सभाले अध्यक्ष पदमा नवीन वैद्य, वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बादे श्रेष्ठ, उपाध्यक्ष ठाकुर गौतम, उपाध्यक्षमा बिमल कुमार श्रेष्ठ, सचिवमा पूर्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा जुलेस खड्का, सहसचिवमा अर्जुन कार्की, सह–कोषाध्यक्षमा सुदर्शन खत्री, सदस्यहरूमा राजु तामाङ, सुनिल घर्ती मगर, अरुण खड्का, श्रीकृष्ण न्यौपाने, हरिकुमार ठकुरी र मिनबहादुर लामा रहनुभएको छ ।
