बनेपा । बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि. ले आसन्न साधारण सभाको पूर्व सन्ध्यामा भावी नेतृत्व विकास तालिम गत शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त तालिमका प्रमुख अतिथि वागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख एवं सहकारी रजिष्ट्रार प्रदिपराज पौडेलले कार्यक्रमको उद्घाटन गर्नुहुदै बिन्धवासिनी सहकारी संस्था नीति नियमनको अनुपालन गरी सहकारी क्षेत्रमा नै उदाहरणीय कार्य गर्दै आएको प्रदेशकै दोस्रो ठूलो संस्थाको रुपमा रहेको चर्चा गर्नु भएको थियो । अर्को प्रसङ्गमा उहाँले अहिले सहकारीमा धेरै वटा नियमन निकाय भएता पनि जुन निकायले स्वीकृत दिन्छ त्यही निकाय प्रति नै संस्थाहरु मूख्य उत्तरदायी र जिम्मेवार हुने विषयमा जोड दिनु भएको थियो ।
तालिममा रजिष्ट्रार पौडेलले सहकारीको विद्यामान ऐन, नियमावली, मापदण्ड, परिपत्र, सहकारी क्षेत्रमा देखिएका चुनौती र अवसरका बारेमा, सहभागीहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो । यसैगरी नेपाल वचत तथा ऋण केन्द«ीय सहकारी संघ (नेफ्स्कून)का प्रार्चाय बल्लभ तिमल्सिनाले सहकारी संस्थामा नेतृत्व सम्हाल्नु पूर्व हुनुपर्ने ज्ञानसीप र्र फिट एण्ड पपर टेष्ट’(उपयुक्त व्यक्ति छनौट विधी) का बारेमा, संस्थाका कानुनी सल्लाहकार नवराज बडालले संस्थाको निर्वाचन सम्बन्धी प्रावधान र कानुनी व्यवस्थाका बारेमा तथा संस्थाका प्रमुख कार्यकारी अधिकृति केवि लामा स्याङ्तान्ले संस्थाको विद्यमान नीति नियम, आचार संहिता र आगामी चार वर्षिय रणनीतिक योजनामा अबको बाटो बारे प्रशिक्षण दिनु भएको थियो
संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले संचालन गर्नु भएको र सचिव डोरेन्द्रराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त तालिममा संस्थाको विभिन्न क्षेत्रका ७२ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाको यहि असोज ९, १० र ११ गते हुने ३३औं साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने भएकोले संस्थाको भावी नेतृत्व सक्षम, नीति नियम र आफ्नो भूमिका प्रति जानकार तथा जिम्मेवार नेतृत्वदायी भूमिका निभाई संस्थालाई अगाडि बढाउन सक्ने व्यक्ति तयार गर्ने उदेश्यका साथ तालिम आयोजना गरेको र सहकारी ऐन तथा निर्देशन तथा विन्धवासिनी सहकारीको स्वीकृत विनियममा नेतृत्व चयन हुने साधारण सभा अगाडि आयोजना भएको भावी नेतृत्व विकास तालिममा सक्रिय सहभागी भएका शेयर सदस्यहरुले मात्र भावी नेतृत्वका लागि उम्मेदवार हुन पाउनेछन् । संस्थाले यो तालिम विगत आठ वर्ष देखि नियमित संचालन गर्दै आएको पनि जनाएको छ ।
