IMG-LOGO

धुलिखेल अस्पतालमा शोक दिवस मनाइयो

 मंगल, भदौ २३, २०८३  -

    भोटेकोशी बाढीपहिरोसँगैको व्यापक जनधनको क्षतिको प्रसङ्गमा नेपाल सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरे अनुरुप धुलिखेल अस्पतालले सोमबार आफ्नो नियमित बैठकमा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजुको उपस्थितीमा एक मिनेट मौनधारण गरि शोक दिवस मनाइयो । सो अवसरमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिनुका साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना, हराईरहेका नागरिकहरु शीघ्र जीवित उद्धारको कामना पनि गरियो । उक्त बैठकमा बाढीपहिरो गएकै दिन (भदौ १० गते) धुलिखेल अस्पतालबाट घटनास्थलमा तत्काल स्वास्थ्य उपचार एवं उद्धार गर्न गएका टोलीका एक सदस्य श्रीजेश पराजुलीले आफ्नो रसुवा, नुवाकोट घटनास्थलको भोगाई अश्रुपूर्ण तरिकाले पोख्नुभयो । उनले धुलिखेल अस्पतालका तर्पmबाट रसुवा, नुवाकोट निकै सेवा पु¥याउन बाँकी रहेको बताए ।
    धुलिखेल अस्पतालले रसुवा भोटेकोशी बाढीबाट प्रभावित परिवारका सदस्यहरुलाई धुलिखेल अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु एक वर्षसम्म निःशुःल्क रुपमा उपलब्ध गराउने निर्णयलाई आजैबाट कार्यान्वयनमा आएको कुरा प्रा.डा. रामकण्ठ माकजुले बताउनुभयो । उहाँले यसअघि २०७२ सालको महाभूकम्प, कोभिड १९ को महामारी, परार सालको रोशी बाढीमा जस्तै अस्पतालकर्मीहरुले ऐक्यबद्धता जनाई सेवा पु¥याउन अनुरोध गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्