IMG-LOGO

फोनिज काभ्रेले २७ औं स्थापना दिवस मनायो

 मंगल, भदौ ९, २०८३  -

    काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको २७औं स्थापना दिवसको अवसरमा काभ्रे जिल्लामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले उद्घघाटन गर्नुभयो । प्रमुख अतिथि फोनिज बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले भन्नुभयो ः आदिवासी जनजातिहरुको मुद्धा आफैंले उठाउनुपर्ने बताउनुभयो । फोनिजकर्मीहरुको क्षमता विकास गर्न त्यहीअनुसारको तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पत्रकारितामा जति कलम चलाउनुपर्ने हो त्यति नचलेको गुनासो गर्नुभयो । राज्यको चौथो अंग भनिएको पत्रकारितालाई अहिलेको समयमा राज्य सत्ता पक्षबाट नै दबाउन खोजिएको जनाउनुभयो ।
    फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक रमेशप्रसाद न्यौपाने, फोनिज बागमती प्रदेशका महासचिव राजु नापित, पूर्व इन्चार्ज पेमा लामा, जगत तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव एवं नेपाल प्रेस युनियनका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष रामप्रसाद ढकाल, काभ्रे रेडियो टिभी प्रसारक मञ्चका अध्यक्ष सचित खड्का, सञ्चारिका समूहका अध्यक्ष सुनिता सापकोटा, शिशिर लामा, ज्योती श्रेष्ठ, अञ्जली तामाङ लगायतले फोनिजको बारेमा आ–आप्mनो मनतव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य फोनिज काभ्रेका उपाध्यक्ष भेषराज दनुवारले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सनम सुवालले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्