जेष्ठ नागरिक माथि सांघातिक आक्रमणरोशी गाउँ पालिका (३, सिखरमा ८०वर्षको जेष्ठ नागरिक पञ्चवीर लामामाथिशनिबार सांघातिक आक्रमणमा परेका छन। शनिबार बिहान भएको घटनामा श्यामलामा, प्रेम लामा र पोते लामाले अचानकआक्रमण गर्दा पञ्चविरको टाउकोमागम्भीर चोट लागेको छ । साथै छोरा कान्छालामा, बुहारी लप्साब् लामा, कान्छीमाया रपासाब् लामालाई समेत कुटपिट गरि घाइतबनाएको कान्छा छोरा पञ्च लामालजानकारी दिए। गतशाल फलामे साँघुबाहगोकुले जाने मोटर बाटो संघीय र प्रदेशसरकारले विनियोजीत गरेको रकमबाटबाटो निर्माण भएको थियो । उक्त समयमापञ्चवीरको परिवारले सो समयमाजग्गाबाट बाटो खन्न दिएर श्याम लामाकापर्खाल भत्केको निहँुमा पनि २ महिना अघिझगडा हुदाँ खहरे पागुँ चौकीमा रोशीगाउँपालिका वडा अध्यक्ष धनजितलामाको रोहोवरमा मिलापत्र गरेकाबताइएको छ । यस अघि बुद्ध चित्त मालाकाण्डमा पनि झगडा भएको बताएको छ ।घाइते पञ्चवीरलाई नर्भिक अस्पतालथापाथलीमा उपचारको लागि भर्ना गरिएकाछ। घटनामा संलग्नहरु मध्ये श्यामलामालाई प्रहरीले पक्राउ गरेको छ भनअरुलाई खोजि गरेको प्रहरी नायबउपरिक्षक कुमार विक्रम थापाले जानकारीदिनुभयो । कुटपिटमा संलग्नहरुलाइकारवाही गर्न माग गर्दै छोरा पञ्च लामालप्रहरीमा उजुरी दर्ता गराएको जानकारी पनिप्रहरी नायब उपरीक्षक थापाले दिनुभयो ।घटना सम्बन्धि थप अनुसन्धान भइरहेकाजि.प्र.का काभ्रेले जनाएको छ । पीडितपञ्चवीरको छोरा पञ्च लामाले आक्रमणहुनुपर्ने कुनै कारण नभएको र तर उनीहरुलपटकपटक धम्की दिने गाउँमा गुण्डागर्दीगर्दै अनावश्यक दुःख दिने गरेको बताए ।
