IMG-LOGO

सुनकोशीमा वेपत्ता दम्पती मध्ये तिलकुमारीको शव फेला पर्यो, श्रीमानको भने अझै अज्ञात

 मंगल, सावन २६, २०८३  -

    मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेँसीका वर्ष ६८ को केदारनाथ पराजुली र वर्ष ६७ को तिलकुमारी पराजुली दम्पती सुनकोशीमा बेपत्ता भएको घटनाले गाउँ नै शोकमा डुबेको छ । गत साउन २० गते दोलालघाटबाट सुनकोशी नदीमा बेपत्ता भएका दम्पतीमध्ये तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुंगाको सीमाना नजिकै सुनकोशी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ भने, श्रीमान् केदारनाथ पराजुलीको शव फेला परेको छैन । पहिचान भइसकेको तिलकुमारीको पार्थिव शरीर धुलिखेल अस्पतालमा पोस्टमार्टम गरेर हिजो इन्द्रावती नदी किनारमा अन्त्यष्टि गरिएको छ भने, वहाँको श्रीमान केदारनाथ पराजुलीको शव फेला नपरेका कारण हिन्दु परम्परा अनुुसार कुशको शव बनाइ दाहसंस्कार गरिएको छ । नेपाली प्रहरीको टोलीले दुई दम्पती केदारनाथ र तिलकुमारीको खोज तलास गरेको थियो । दोलालघाट प्रहरी चौकीका प्रहरी बरिष्ठ नायव निरीक्षक यसुहरी अधिकारी र प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक मनराज बाँनियाको टोलीले पराजुली दम्पतीको खोज अनुशन्धान गरेको थियो । लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित तिलकुमारीको दुःखद निधनले परिवारजन र आफन्तजन थप शोकमा परेका छन् ।
    तिलकुमारीको पार्थिव शरीर र बेपत्ता केदारनाथको प्रतीकात्मक रूपमा तयार गरिएको कुशको शरीरलाई हिजो दिउँसो इन्द्रावतीमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने उहाँहरूका भतिजा प्रेम पराजुलीले जानकारी दिनुभयो । एकैपटक सुनकोशीमा बेपत्ता भएका दम्पतीमध्ये तिलकुमारीको शव फेला परे पनि केदारनाथको अवस्था अझै पत्ता लाग्न नसक्दा परिवारजन थप पिडामा हुनुहुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्