IMG-LOGO

सिहान कोएन स्पिटेल्स : नेपाल आउँन तयार

 मंगल, सावन २६, २०८३  सुदर्शन सिंम्खडा 

    सरकारको औपचारिक निमन्त्रणा पाएमा क्योकुसिन कराटेको विकासका लागि सिहान कोएन नेपाल आउन तयार भएका छन् । युरोपेली ईएफके ९भ्ँप्० का अध्यक्ष तथा ११ पटकका बेल्जियम च्याम्पियन शिहान कोएन स्पिटेल्सले नेपालमा क्योकुसिन कराटेको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
    नेपाल सरकारबाट औपचारिक आह्वान भएमा आफू छिट्टै नेपाल भ्रमण गर्न र नेपाली खेलाडीहरूलाई आफ्नो लामो समयको खेल अनुभव तथा प्रशिक्षण प्रदान गर्न तयार रहेको उहाँले नेपलका विश्व  किर्तिमानी पूर्व क्योकुसिन कराँते  खेलाडी सुदर्शन सिंखडालाई बताउनुभएको छ । युरोपमा क्योकुसिन कराटेको क्षेत्रमा एक प्रभावशाली र सम्मानित व्यक्तित्व मानिने स्पिटेल्सले ११ पटकसम्म बेल्जियम च्याम्पियनको उपाधि जितेर आफ्नो खेल कौशलको उच्च परिचय दिइसकेका छन् । उहाँको यो घोषणाले नेपालको कराटे खेलकुद क्षेत्र र खेलाडीहरूमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।
    खेल विज्ञहरूका अनुसार यस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी तथा प्रशिक्षकको प्रत्यक्ष प्रशिक्षण र मार्गदर्शनले नेपाली खेलाडीहरूको प्राविधिक क्षमतामा उल्लेख्य सुधार हुनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उपस्थिति अझ बलियो बन्नेछ । नेपाली खेलकुद क्षेत्रका सम्बन्धित निकायहरूले यस विषयमा आवश्यक पहल गरेमा नेपाल र युरोपबीच खेलकुद आदानप्रदानका साथै क्योकुसिन कराटेको स्तर उकास्न यो एक महत्वपूर्ण अवसर बन्नेछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्