IMG-LOGO

काभ्रे आइ.टी.एफ. टेक्वाण्डो संघको अध्यक्षमा नरेशराज

 मंगल, सावन २६, २०८३  -

    बनेपा, काभ्रे आइ.टी.एफ. टेक्वाण्डो संघ तदर्थ समितिको अध्यक्षमा नरेशराज कायस्थको नेतृत्वमा समिति गठन भएको छ । प्रथम उपाध्यक्ष मदन लामा, उपाध्यक्ष सुस्मी श्रेष्ठ, सचिव अर्जुन पाण्डे, सहसचिवमा अर्जुन अधिकारी, कोषाध्यक्ष मधुसुधन बाँनिया, सदस्यहरु आशिष मानन्धर, उज्जवल श्रेष्ठ, मनिष भैल, कोपिला स्याङताङ, अनिल श्रेष्ठ रहनुभएको छ । संस्थाले राजकुमार पोखरेल, घनश्याम केसी रहेको सल्लाहकार समिति गठन गरेको छ । संस्थापक सदस्य एवं केन्द्रीय उपाध्यक्ष टेक्वाण्डो खेल जगतकै हस्ती रहनुभएका राजमन्दिर श्रेष्ठ र निर्वतमान अध्यक्ष किसोर बरुण आमन्त्रित सदस्य हुनुहुन्थ्यो । उक्त बैठकले टेक्वाण्डो प्रतिगोगीता खेलकुदबाट राष्ट्र र जिल्लाको गरीमालाई उच्च राख्न सकेको र आगामी दिनमा शसक्त ढङ्गबाट कार्य अघि बढाई थप मजबुत बनाइने बैठकले निर्णय गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्