बनेपा, चन्द्रकिर्ति विहार व्यवस्थापन तथा विकास समिति बनेपा–५ ले ८ फिट लम्बाई रहेको शाक्यमुनी बुद्धको मुर्ति प्रतिस्थापना गरेको छ । करीब २५ लाखमा निर्मित सुनको जलप लाएको उक्त बुद्धको मुर्ति शनिबार प्रतिस्थापना गरेको हो । विभिन्न बाजा गाजा विशेष झाँकी सहित बनेपा नगर परिक्रमा गरी बुद्धको मुर्ति प्रतिस्थापना गरिएको हो । बोधिचर्य विहारका प्रमुख ८ औं संघ महानायक भिक्षु बोधिसेन महास्थबिरको उपस्थितिमा भएको कार्यक्रममा ध्याकुटी विहारका प्रमुख भिक्षु राहुल महास्थबीर, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, बुद्ध धर्मालम्बी एवं स्थानीयहरुको उपस्थिति समारोहमा रहेको थियो । समितिका कोषाध्यक्ष दिपेन्द्र बज्राचार्यको अनुसार भवन निर्माण, मुर्ति निर्माणमा बनेपा नगरपालिकाले बजेट उपलब्ध गराएको जानकारी दिनुभयो ।
