IMG-LOGO

बिन्धवासिनीमा कृषक व्यबसाय खेल तालिम सम्पन्न

 मंगल, सावन २६, २०८३  राजेन्द्र श्रेष्ठ

    बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा कृषक सदस्यहरुको लागि तनिदिने कृषक व्यबसाय खेल तालिम सम्पन्न भएको छ । डिएसआइके जर्मनको सहकार्य तथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को प्राविधिक सहयोगमा संस्थाका कृषक सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले गत श्रावण १९ देखि २१ गतेसम्म सञ्चालित तालिममा विभिन्न स्थानका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कूनका कार्यक्रम अधिकृत तथा तालिम सहजकर्ता राधा पौडेल र व्यवसाय अधिकृत खिलानाथ लुईंटेलले प्रशिक्षण दिनु भएको थियो । तालिममा सहभागीहरूलाई व्यवसाय सञ्चालनका क्रममा आइपर्ने चुनौतीहरू, योजना निर्माण, उत्पादन व्यवस्थापन, वित्तीय निर्णय, लागत तथा नाफा विश्लेषण, बजार व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय विस्तारका रणनीतिबारे प्रयोगात्मक सिकाइ र सिमुलेसन खेल विधि मार्फत प्रशिक्षण गरिएको थियो । 
    गत विहिबार संस्थाका उपाध्यक्ष एवं शिक्षा तालिम उप समितिका संयोजक रामहरि शर्मा तिमल्सिनाको सभापतित्वमा भएको तालिमको समापन तथा सहभागिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्नु हुदै बिन्धबासिनी सहकारी संस्था काभ्रेको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारीहरुमा पर्ने र यस्तो तालिमले कृषक सदस्यहरुको व्यबसायीक क्षमता अभिवृद्धि गर्ने हुँदा सिकेका कुराहरुलाई व्यबहारमा उर्तानु पर्नेमा जोड दिनु भएको थियो । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिम बहादुर खत्री, सञ्चालक केशव थापा, प्रमुख कार्यकारी अधिकृत के.बि. लामा स्याङ्तान लगायत उच्च व्यबस्थापनको विशेष उपस्थिति रहेको समापन कार्यक्रममा तालिममा सहभागी पाँचखालका दिनेशप्रसाद अधिकारी र खोपासीकी सरिता नेपालले व्यबसाय गरी राखेका र गर्न चाहानेहरुको लागि तालिम निकै प्रभाकारी र फलदायी भएकोले सिकेका कुरालाई व्यबहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने अर्का सहभागी रन्जनाराय क्षेत्रीले आफुले सिकेका अनुभव कविता मार्फत प्रस्तुत गर्नु भएको थियो । समापन कार्यक्रम संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले संचालन गर्नु भएको थियो ।
    यसअघि गत श्रावण १९ गते मंगलबार संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापत्तिमा भएको तालिम उद्घाटन कार्यक्रममा डिएसआईके नेपालका प्रतिनिधि सञ्जय झा, संस्थाका प्रमुख कार्यकारी अधिकतृ, नायव प्रमुख कार्यकारी अधिकृत लगायतले कृषक सदस्यहरुको दक्षता अभिबृद्धि गर्न, जोखिम न्यूनिकरण गर्न, दिगो र सुरक्षित व्यवसाय तथा कृषि खेती प्रणालीमा सुधार ल्याउन तालिम महत्वपूर्ण हुने भएकोले तालिममा सक्रिय सहभागिता जनाई सिकेका कुरा व्यबहारमा लागु गर्न अनुरोध गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्