जिल्ला सहकारी संघ लि., काभ्रेको आ.व. २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आ.व. २०८३/८४ को नीति, कार्यक्रम, कार्ययोजना तथा बजेट प्रस्तुतिकरण कार्यक्रम शनिबार संघको सभाहलमा सम्पन्न भएको छ । संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । आगामी वर्ष सहकारी क्षेत्रको सुदृढीकरण, प्रविधिमैत्री सेवा, सदस्य अद्यावधिक तथा संस्थागत विकासलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला सहकारी संघ काभ्रेले जनाएको छ ।
